९ भदौ २०७० | 25 August 2013

अमेरिकामा पनि चर्चित

Share:
  
कलाकार शैलेश श्रेष्ठ अमेरिकामा नेपाली भाषाको टेलिभिजन कार्यक्रम ‘सम्प्रेषण’ चलाएर चर्चित छन् ।

दुई दर्जन नाटक, सपनाशक्ति, विना चिहानको मृत्यु, मृगतृष्णा, अञ्जली रसुरुचि टेलिसिरियल तथा चलचित्र बलिदान मा अभिनय गरेका शैलेश श्रेष्ठ (४८) अमेरिका पुगेर पनि चर्चामै छन् । अहिले उनी अमेरिकाको न्यूयोर्कबाट नेपाली भाषामा प्रशारण हुने टेलिभिजन च्यानल ह्वाइट हिमालमा कार्यक्रम ‘सम्प्रेषण’ चलाउँछन् । अमेरिकामा रहेका नेपालीको अवस्था बारे रिपोर्टिङ र अन्तर्वार्ता प्रस्तुत गरिने त्यो कार्यक्रमबाट नेपालीबीच चर्चामा रहेका उनी भन्छन्, “प्रवासमा आएपछि प्रतिभाशालीहरू हराउने भए पनि म भने भाग्यमानी रहें ।”

अमेरिकामा आएपछि पनि अभिनय नछाडेका शैलेश नेपाली संघसंस्थाले आयोजना गर्ने कार्यक्रम संचालन गर्छन् । उनले आप्रवासीको कथामा आधारित ट्रिस्टान अल्ब्रेचले निर्देशन गरेको चलचित्र फेसलेस मा पनि अभिनय गरेका छन् । अमेरिकाको न्यूयोर्कका रेस्टुरेन्टकर्मीको हकहितको लागि खोलिएको रेस्टुरेन्ट अपच्र्युनिटी अफ न्यूयोर्क नामक संस्थामा समेत आवद्ध रहेका शैलेश अहिले श्रमजीवी कामदारको पक्षमा नयाँ कानून बनाउन दबाब सिर्जना गर्ने अभियानमा संलग्न छन् । “आफूले पाउने अधिकारबारे सूचना प्रशारण गरेर नेपालीलाई सशक्तिकरण गर्ने मेरो अभियानले सकारात्मक परिणाम दिन थालेकोमा खुशी छु”, उनी भन्छन् । नेपालमै हुँदा पनि पुनम पौडेल र मीरा आचार्यसँग मिलेर उनले चलाएको सांगीतिक कार्यक्रम ‘पञ्चकन्या संगीत

comments powered by Disqus

रमझम