१६ भदौ २०७० | 1 September 2013

अभिनयमा अब्बल

Share:
  

आठ वर्षअघि आरोहणको गुरुकुलमा दुईवर्षे अभिनय कोर्ष गरेर अभिनय थालेकी पाटनढोका, ललितपुरकी समुना केसी (२५) ले रंगमञ्चको राम्रो कलाकारको परिचय बनाइसकेकी छिन् । वरिष्ठ रंगकर्मी सुनिल पोखरेलका अनुसार, समुना हरेक चरित्रमा जीवन्त अभिनय गर्न सक्ने कलाकार हुन् ।

भारतको गुजरातमा रहेको एमएस युनिभर्सिटीबाट पर्फमिङ आर्टमा स्नातक समुनाको ४ साउनदेखि २ भदौसम्म मण्डला थियटरमा मञ्चित नाटक स्वप्नमहल को अभिनयले अरु तारिफ दिलाएको छ । यो नाटक अंग्रेजी नाटक अ स्ट्रिट कार नेम्ड डिजायर बाट उनैले नेपालीमा रुपान्तरण गरेकी हुन् । गुरुकुलमा रहँदा पनि उनले बाघभैरव, माय नेम इज सपना, तारा देवी लै लै, जीवनदेखि जीवनसम्म जस्ता नाटकमा अभिनय गरेकी थिइन् ।

मिस जुली, पुलबाट हेर्दा, स्वप्नमहल, बाँकी उज्यालो र अंग्रेजी नाटकहरू एन्जेल्स् इन अमेरिका, कन्फेरेन्स अफ बर्ड, मेटामोरफोसीस, नेपाली आमा, गड अफ कार्नेज मा अभिनय गरेकी उनले पुलबाट हेर्दा, मिस जुली अंग्रेजीबाट अनुवाद गरेकी छिन् । फ्रिलान्सर नेपाल नामको नाट्य संस्थाबाट रंगकर्ममा सक्रिय रहेकी उनी नेपाली दर्शकलाई उत्कृष्ट नाटक देखाउन विदेशी नाटकको अनुवाद गरेको बताउँछिन् । धन्दा, बधशाला, तोरीलाहुरे, विना कारण जस्ता चलचित्रमा अभिनय गरेकी सुमिना भन्छिन्, “फिल्ममा होस् या नाटकमा सधैं उत्कृष्ट अभिनय पस्किने कोशिशमा हुन्छु ।”

comments powered by Disqus

रमझम