१६ भदौ २०७० | 1 September 2013

एकमहीने कला–जात्रा

Share:
  
- ऋषिराम कट्टेल

ऋषिराम कट्टेल
राजधानीमा ललितकलाको प्रवद्र्धन गर्ने कला–जात्रा जारी छ । एनसेलको प्रायोजनमा काठमाडौं कन्टेम्पोररी आर्ट सेन्टरले ३२ साउनदेखि थालेको कला–जात्रा २१ भदौसम्म चल्नेछ । जात्रामा समकालीन पेन्टिङ, मूर्ति र कार्टून प्रदर्शनी भइरहेको छ । जात्रा अन्तर्गत ललितपुरको पाटन म्यूजियममा नेपाली कन्टेम्पोररी पेन्टिङ र काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीमा कार्टून तथा मूर्तिकला प्रदर्शनी भइरहेको छ ।

कला–जात्रामा ख्यातिप्राप्तदेखि नव कलाकारसम्मका गरी करीब २०० कलाकार सहभागी छन् । आयोजक काठमाडौं कन्टेम्पोररी आर्ट सेन्टरकी संगीता थापाका अनुसार, जात्रामा ललितकला क्याम्पस, काठमाडौं विश्वविद्यालय, सृजना कलेज अफ फाइन आर्ट र विजेश्वरी फाइन आर्ट कलेजका ५० विद्यार्थीका सृजना समेटिएका छन् । कला–जात्राका क्रममा ८ भदौमा काठमाडौंको माइतीघरबाट ललितपुरको नागबहालसम्म पदयात्रा गरिएको थियो ।

comments powered by Disqus

रमझम