१६ भदौ २०७० | 1 September 2013

यलमायामा ध्रुवेश

Share:
  

गत ७ वर्षदेखि हरेक महीनाको २ गते आयोजना हुँदै आएको ‘यलमाया क्लासिक’मा यसपटक प्रसिद्ध सितारवादक डा. धु्रवेशचन्द्र रेग्मी प्रस्तुत भए । यलमाया केन्द्र पाटनढोकाको हलमा भएको नियमित कार्यक्रममा सुकर्म समूहका डा. धु्रवेशचन्द्र राग पुरिया कल्याण मार्फत प्रस्तुत भएका थिए । उनलाई बाँसुरीमा नागेन्द्र राई र तवलामा प्रमोद उपाध्यायले साथ दिए । १ घण्टा १० मिनेटको शास्त्रीय प्रस्तुतिमा यलमाया केन्द्रका लकस शाक्य तवला, रत्न विक र मीन समाल बाँसुरीमा प्रस्तुत भएका थिए । कार्यक्रम संयोजक तथा बाँसुरीका गुरु जीवन आलेले शास्त्रीय संगीतका श्रोता बढ्दै गएकोमा प्रसन्नता व्यक्त गरे ।

comments powered by Disqus

रमझम