१६ भदौ २०७० | 1 September 2013

पलेंटी उत्सव

Share:
  

नेपालयले पलेंटी श्रृंखलाको दोस्रो वार्षिकोत्सव कविवर माधव घिमिरे, गायक प्रेमध्वज प्रधान, गायिकाद्वय दावा ग्याल्मो र डेजी बराइलीको प्रस्तुतिका साथ १४–१६ भदौमा मनाउँदैछ । करीब ४५ जना वरिष्ठ गायक, गायिका र सर्जक प्रस्तुत भइसकेको पलेंटीमा यस पटक पलेंटी प्रतिभा सुरज र मीनाले घिमिरेका कालजयी गीतहरु प्रस्तुत गर्र्नेछन् । उत्सवको दोस्रो साँझ दार्जीलिङ निवासी प्रसिद्ध गायिकाद्वय दावा र डेजी पलेंटीमा बस्नेछन् । उत्सवको समापन नेपाली आधुनिक गायनका मूर्धन्य साधक प्रेमध्वजका गीतबाट हुनेछ । कार्यक्रम जावलाखेलस्थित डीएभी कलेजको बुद्ध हलमा हुँदैछ ।

comments powered by Disqus

रमझम