१६ भदौ २०७० | 1 September 2013

स्वादिलो देगः

Share:
  
- अनुशील

राजधानीमा स्वदेशी–विदेशी स्वादिष्ट परिकारहरु पाइने एक से एक रेस्टुरेन्टहरु छन् । तिनैमध्येको एक हो– ललितपुरको कुमारीपाटीमा दुई वर्षअघि खुलेको देगः रेस्टो लङ । तीन तलामाथि रहेको देगः नेवारी, नेपाली र भारतीय परिकारका लागि बढी लोकप्रिय छ । नेवारीमा समयवजी सेट, भारतीयमा तन्दुरी फिस गुलनार, बिर्यानी, चिकन हजर्बी देगः को विशेष मानिन्छ । यहाँको प्राउन करीले पनि धेरैको जिब्रो लठ्याएको छ ।

शाकाहारी र मांसहारी दुवै किसिमका पाहुनाका लागि देगः मा थरीथरीका परिकार उपलब्ध छन् । नेपाली खानेकुरामा मम, थाली सेट र रुचि अनुसारका अरु परिकार छन् । एक पटकमा ९० जना अटाउने देगः का ११ कर्मचारीमध्ये ६ जना किचनमा सक्रिय रहन्छन् । रेस्टुरेन्टको भित्री भागलाई माटो, काठ र बाँसको सजावटले नेपाली मौलिकता दिएको छ । नेवारी भाषामा देगः भनेको पूजास्थल हो । भोजन गर्ने ठाउँ पूजास्थल जस्तै स्वच्छ, सफा र पवित्र हुनुपर्छ भनेर रेस्टुरेन्टको नाम देगः राखेको सञ्चालक सचित श्रेष्ठ बताउँछन् ।
समयवजी नेवारी सेट रु.३५०–४०० नेवारी परिकार रु.१२०–३६० बिर्यानी/पुलाउ रु.१२०–३६० तन्दुरी फिस गुलनार रु.३०० पनिर/चिकन हजर्बी रु.३३०–३६० पनिर–प्राउन करी रु.५२५ बटर/गार्लिक नान रु.३०–५० मम रु.८०–१३० नेपाली खाना सेट रु.३५०–६००

सम्पर्क फोन ०१–५००८६७९ ९८४१३२५९३६ (शैलेन्द्र)

अनुशील

comments powered by Disqus

रमझम