२७ साउन - २ भदौ २०७५ | 12-18 August 2018

पढाइसँगै अवसर

Share:
  
- मस्त केसी
मुलुकमा लगानीसँगै सेवा क्षेत्र र व्यवसाय विस्तारित हुँदै जाँदा मानविकी र व्यवस्थापन संकाय अन्तर्गतका विषय पढेका जनशत्तिाmको माग पनि बढ्दो छ।

तस्वीरहरुः बिक्रम राई
काठमाडौं ज्ञानेश्वरस्थित आईएसटी कलेज ।
तुलनात्मक रूपमा अन्य संकायभन्दा कम लगानी र मिहिनेत लागे पनि सेवाको क्षेत्र बढी भएकाले पछिल्लो समय मानविकी, व्यवस्थापन जस्ता संकायमा विद्यार्थीको आकर्षण बढेको छ । देशमा विस्तार हुँदै गरेका कर्पोरेट हाउस, ब्यांक तथा वित्तीय संस्था, जलविद्युत्, शैक्षिक संस्था आदिको प्रशासन र लेखा सम्हाल्न मानविकी वा व्यवस्थापन पढेका जनशक्तिको माग बढ्दो छ । नेपाल मेगा कलेजका निर्देशक मधुकर पाण्डे माग भएकैले मानविकी र व्यवस्थापन संकाय विद्यार्थी र अभिभावक दुवैको रोजाइमा परेको बताउँछन् । यूनिग्लोब कलेजका प्राचार्य डा. नरबहादुर विष्ट पनि निजी वा सार्वजनिक संस्थाको प्रशासन र व्यवस्थापन हाँक्ने जनशक्ति मानविकी र व्यवस्थापन संकायले नै उत्पादन गर्ने बताउँछन् ।

प्रशासनिक क्षेत्रमा नेतृत्वदायी जनशक्ति उत्पादन गर्ने भएकाले यी दुई संकायलाई ‘शक्तिमा पुर्‍याउने शिक्षा’ का रूपमा पनि हेरिन्छ । निजी वा सार्वजनिक संस्था हाँक्ने मात्रै नभई सुरक्षा निकाय, राजनीतिक र कूटनीतिक क्षेत्रमा यी दुई संकाय अन्तर्गतका विषय पढेकाहरूको बोलवाला छ । प्लाटिनम म्यानेजमेन्ट कलेजका निर्देशक शंकरप्रसाद गैरे देशको अधिकांश निकायको नेतृत्वमा मानविकी र व्यवस्थापन पढेकाहरू रहेको बताउँछन् ।

व्यवस्थापन र मानविकी अन्तर्गतका विषय पढेको जनशक्तिका लागि काम गर्ने थुप्रै क्षेत्र छन् । एभरेष्ट कलेजका प्रमुख कार्यकारी अधिकृत विष्णुहरि पाण्डे यी दुई संकायभित्र विभिन्न विषय भएकाले सेवाको क्षेत्र फराकिलो भएको बताउँछन् । यी दुई संकाय पढ्नेहरू प्राविधिक बाहेक अन्य सबै क्षेत्रमा अब्बल हुने उनको भनाइ छ ।

‘पहिले पढाइ, अनि जागिर’ यो भनाइ अन्य विषयको हकमा सही हुन सक्छ, तर मानविकी र व्यवस्थापन संकायमा भने पढाइ र काम सँगसँगै अघि बढाउन सकिन्छ । ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट) कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाई स्नातक तह पढ्दै गरेका अधिकांश विद्यार्थीले कर्पोरेट हाउस, ब्यांकिङ, पर्यटन लगायत क्षेत्रमा काम गरिरहेको बताउँछन् । उनी भन्छन्, “देशमा विस्तार भइरहेको लगानीसँगै हरेक क्षेत्रमा मानविकी र व्यवस्थापन पढेका जनशक्ति खपत भइरहेका छन् ।”

यी दुई संकायमा विद्यार्थीले रुचि र क्षमताको विषय छान्न पाउने भएकाले अब्बल जनशक्ति उत्पादन हुने पाटन कलेज फर प्रोफेसनल स्टडिज्का मार्केटिङ प्रमुख अमरदीप मण्डल बताउँछन् । मानविकी र व्यवस्थापन पढेका जनशक्ति राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ–संस्थामा उपयुक्त हुने र विश्व प्रतिस्पर्धी जनशक्ति बन्न सक्ने उनको भनाइ छ ।

मानविकीः फराकिलो क्षेत्र

काठमाडौं थापाथलीस्थित एभरेष्ट कलेज ।
सरकारी जागिरका लागि मात्र मानविकी संकायको महŒव छ भन्ने परम्परागत मान्यता व्यावहारिक रूपमै तोडिएको छ । मानविकीबाट उच्च शिक्षा हासिल गर्नेहरू निजीसँगै सरकारी वा गैरसरकारी संस्था, कूटनीतिक नियोग हाँकिरहेका छन् । पछिल्ला वर्षमा मानविकी पढेर विकसित मुलुकहरूमा छात्रवृत्तिमा स्नातकोत्तर र विद्यावारिधि गर्न जानेको संख्या बढ्नुले पनि यो संकायको शक्ति प्रमाणित गरेको काठमाडौं मोडल कलेज, बालकुमारीका प्राचार्य सुरेन्द्र सुवेदी बताउँछन् । मानविकीले समूहमा घुलमिल हुने सूत्र र लचिलोपना सिकाउने सुवेदीको भनाइ छ ।

मानविकी संकाय अन्तर्गत स्नातक तहमा पत्रकारिता, ग्रामीण विकास, समाजशास्त्र, राजनीतिशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थशास्त्र, पर्यटन, फेसन डिजाइन, गूड गभर्नेन्स, सामाजिक उद्यमशीलता, सोसल वर्क, मनोविज्ञान लगायत विषय अध्ययन गर्न सकिन्छ । मानविकीको अर्को विशेषता भनेको कक्षा १२ मा जुन संकाय वा विषय पढेको भए पनि स्नातकमा रोजेको विषय पढ्न पाइन्छ ।

व्यवस्थापनः अन्तर्राष्ट्रिय ‘एक्सपोजर’

व्यापारिक क्षेत्र वा वित्तीय संस्थाहरूले अर्थसँग सम्बन्धित फाँटका लागि ब्याचलर अफ बिजनेस एडमिनिष्ट्रेसन (बीबीए) वा ब्याचलर इन बिजनेस स्टडिज् (बीबीएस) पढेका जनशक्ति खोज्न थालेका छन् । आर्थिक क्षेत्रमा लगानी गर्नेको संख्या बढ्दै गएपछि व्यवस्थापन संकाय पढ्ने विद्यार्थीको संख्यामा पनि वृद्धि भएको फिनिक्स कलेज अफ म्यानेजमेन्टका प्राचार्य डा. विनोदबहादुर खत्री बताउँछन् ।

बीबीएस र बीबीएप्रति आकर्षण बढ्नुमा पढाइसँगै रोजगारी रहेको कलेज सञ्चालकहरू बताउँछन् । “चारवर्षे कोर्स भएकाले अन्तर्राष्ट्रिय मान्यता छँदैछ । कर्पोरेट र ब्यांकिङ क्षेत्रमा पनि सजिलै काम पाउन सक्छन्” नोबेल कलेजका निर्देशक उत्तम भौकाजी भन्छन्, “विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्स्पोजरको लाभ पनि छ ।” दुवै कोर्समा अनिवार्य रहेको इन्टर्नसिपले विद्यार्थीको सीपलाई व्यावहारिक बनाउने लर्ड बुद्ध एजुकेशन फाउन्डेशन (एलबीईएफ) का अध्यक्ष पंकज जलान बताउँछन् । “बीबीएस वा बीबीए पढेकालाई धेरै अवसर छन्” जलान भन्छन्, “शिक्षा व्यावहारिक भएकाले आफैं उद्यमी बन्न पनि सक्छन् ।”

हाल त्रिभुवन, पोखरा, काठमाडौं र पूर्वाञ्चल विश्वविद्यालयले बीबीए कार्यक्रम सञ्चालन गरिरहेका छन् । केही कलेजले विदेशी विश्वविद्यालयको सम्बन्धनमा पनि बीबीए कार्यक्रम चलाइरहेका छन् । चार वर्षमा आठ सेमेस्टर पढाइ हुने बीबीएमा इन्टर्नसिप, सैद्धान्तिक ज्ञानसँगै व्यवस्थापनसँग सम्बन्धित विषयमा सामूहिक छलफल गराइन्छ । व्यवस्थापन पढेका जनशक्तिले विशेषगरी ब्यांकिङ, इन्स्योरेन्स, कर्पोरेट हाउस, बहुराष्ट्रिय कम्पनीमा बलियो उपस्थिति जनाएको नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस) कलेजका निर्देशक प्रज्वल बानियाँ क्षेत्री बताउँछन् ।

द ब्रिटिश कलेज काठमाडौंका मार्केटिङ प्रमुख सुमन श्रेष्ठ बीबीए वा बीबीएस अध्ययन गरेका विद्यार्थी विदेशमा समेत अब्बल भएको दाबी गर्छन् । उनी भन्छन्, “विदेशी विश्वविद्यालयमा छात्रवृत्ति मात्र पाएका छैनन्, राम्रो कम्पनीमा काम समेत गरिरहेका छन् ।”

हस्पिटालिटीः विदेशमा अवसर

ललितपुर, कुपण्डोलस्थित पाटन कलेज अफ प्रोफेशनल स्टडिज ।
स्वदेश तथा विदेशमा राम्रो अवसर पाइने विषयप्रति विद्यार्थीको आकर्षण बढ्नु स्वाभाविक हो । पछिल्लो समय हस्पिटालिटी शिक्षा पनि धेरैको रोजाइमा परेको छ । व्यवस्थापन अन्तर्गतको यो विषय रोजगारमुखी भएकै कारण थुप्रै कलेजले प्राथमिकतामा राख्न थालेका छन् । यसले विशेषगरी होटल, ट्राभल एजेन्सी, एअरलाइन्स, पर्यटन, कर्पोरेट हाउस लगायतका लागि आवश्यक जनशक्ति उत्पादन गर्छ ।

इन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजकी प्राचार्य सम्झ्ना बस्न्यात तारे होटलदेखि संस्थाको प्रशासनिक व्यवस्थापनमा अवसर र आफैं पनि उद्यमी बन्न सक्ने भएकाले हस्पिटालिटीप्रति विद्यार्थीको आकर्षण बढेको छ । “हस्पिटालिटी पढेपछि बेरोजगार बस्नुपर्दैन” उनी भन्छिन्, “यो विषय पढ्दै काम गर्ने विद्यार्थीको संख्या पनि उल्लेख्य छ ।”

स्वदेशमा मात्र नभएर विश्व बजारमै हस्पिटालिटी पढेको जनशक्तिको माग छ । नेपालमै पढ्नेहरूले पनि विभिन्न मुलुकमा इन्टर्नसिपको मौका पाउँछन् । आईएसटी कलेजले पनि विभिन्न देशका तारे होटलमा इन्टर्नसिप गराइरहेको बस्न्यातको भनाइ छ । इन्टर्नसिप र ‘स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम’ ले दुई देशबीच संस्कृति आदान–प्रदानका साथै विदेशमा काम गर्ने वातावरण दिन्छ । “विदेशमा उपल्लो तहको पढाइ र रोजगारको योजना बनाइरहेकाहरूका लागि पनि हस्पिटालिटी सुहाउँदो विषय हो” उनी भन्छिन्, “होटल तथा पर्यटनमा मात्र नभई, जुनसुकै क्षेत्रमा पनि हस्पिटालिटी पढेको जनशक्तिको खाँचो छ ।”

विदेशी सम्बन्धनका कलेज

नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज पनि थपिंदै छन् । यस्ता कलेज मार्फत विदेशी विश्वविद्यालयको डिग्री देशमै बसेर पूरा गर्न सकिन्छ । किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल विदेशी सम्बन्धनका कलेजले अन्तर्राष्ट्रियस्तरको शिक्षा दिएको बताउँछन् । यस्ता कलेजले ठूलो जनशक्ति र रकम विदेशिनबाट जोगाएको उनको बुझइ छ ।

मुलुकमा हाल अष्ट्रेलिया, मलेशिया, सिंगापुर, भारत, बेलायत, अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रिया, फिलिपिन्स, थाइल्यान्ड लगायत देशका विश्वविद्यालयबाट अनुमति लिएर विभिन्न कलेज सञ्चालित छन् ।

विषय छनोटमा ध्यान

आफ्नो रुचि, विषयको क्षेत्र वा भविष्य हेरेर विषय छनोट गर्न काठमाडौं विश्वविद्यालयका प्राध्यापक विजय केसी सुझउँछन् । भोलि रोजगार पाइने र समाज अनुकूलको विषय छान्नुपर्नेमा उनको जोड छ । उनी भन्छन्, “पूर्व विद्यार्थीको अनुभव, उनीहरूले अध्ययनपछि रोजगारीका लागि भोग्नुपरेको समस्या तथा पाएको अवसरबारे बुझ्ेर विषय छनोट गर्नुपर्छ ।”

विषय छनोटमा विद्यार्थीले आफ्नो रुचिसँगै अभिभावकले खर्च धान्न सक्ने वा नसक्ने पनि ख्याल गर्नुपर्छ । पढ्ने विषय स्पष्ट भएपछि कलेज भ्रमण गरी कलेजको भौतिक संरचना र शैक्षिक वातावरणबारे जानकारी लिनुपर्ने केसीको सुझव छ । त्यस्तै, कलेज छनोट गर्दा कलेज सञ्चालकको टीम, शैक्षिक वातावरण, पूर्व विद्यार्थीको अनुभव लगायत कुरामा ध्यान दिनुपर्छ ।


कलेजका विशेषता

व्यवस्थापन संकाय मात्र अध्यापन हुने एभरेष्ट कलेजले २० वर्षदेखि बीबीए र बीबीएस पढाउँदै आएको छ । बीबीएमा विशिष्ट स्थानसहित शतप्रतिशत नतिजा ल्याएको यो कलेजले विद्यार्थीलाई व्यावसायिक जीवनमा आवश्यक पर्ने तालिम, करिअर गाइडलाइन तथा व्यावहारिक शिक्षा पनि दिंदै आएको छ । सक्षम शिक्षक, सुविधासम्पन्न संरचना, उपयुक्त वातावरण एभरेष्ट कलेजको विशेषता हो ।

नेपाल मेगा कलेजमा बीबीएस र बीए पढाइ हुँदै आएको छ । सैद्धान्तिक पढाइ, प्रयोगात्मक अभ्यासका अतिरिक्त यस कलेजले ‘करिअर प्लान’ का कक्षा पनि सञ्चालन गर्दै आएको छ । अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीसँग हातेमालो गरेको यो कलेजले वर्षमा केही दिन मिसौरी कलेजका विद्यार्थीलाई मेगामा ल्याउने र मेगाका विद्यार्थी मिसौरी पठाउने गर्छ । बीबीएसका विद्यार्थीलाई चार वर्षको अवधिमा १२ महीना इन्टर्नसिप गराउने कलेजको दाबी छ ।

अष्ट्रियाको ‘सल्जबर्ग युनिभर्सिटी अफ अप्लाइड साइन्स’ को सम्बन्धनमा सञ्चालित आईएसटी कलेजले स्नातक तहमा हस्पिटालिटी विषय पढाइरहेको छ । पढाइसँगै विद्यार्थीको समग्र विकासलाई ध्यान दिएको कलेजको दाबी छ । यो कलेजले चीन, दुबई, मलेशिया, भारत लगायत देशमा विद्यार्थीलाई इन्टर्नसिप गराइरहेको छ । अध्यापनका साथै ‘क्रेडिट ट्रान्सफर’ र स्वदेश तथा विदेशमा ‘जब प्लेसमेन्ट’ कार्यमा पनि कलेजको सहयोग रहन्छ ।

काठमाडौं मोडल कलेज (केएमसी) ले बीबीए, बीबीएस र बीएका कक्षा सञ्चालन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनबाट सञ्चालित केएमसीले बीबीएमा निरन्तर ‘गोल्ड मेडल’ प्राप्त गरिरहेको छ । त्रिविसँगको सहकार्यमा बीए÷बीएसडब्लू अन्तर्गत शैक्षिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले विदेशमा रहेका नेपाली प्राध्यापकहरूबाट विशेष कक्षा पनि सञ्चालन गर्छ । प्रयोगात्मक अभ्यास, अतिरिक्त क्रियाकलाप, व्यक्तित्व विकास, इन्टर्नसिप, सुविधासम्पन्न भौतिक संरचना आफ्नो विशेषता भएको केएमसीको दाबी छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको साउथ एशियन इन्ष्टिच्यूट अफ म्यानेजमेन्ट (साइम) कलेजले बीबीए अध्यापन गराउँदै आएको छ । दक्ष शिक्षकहरूले प्रोजेक्ट वर्कमा आधारित अध्यापन गराइरहेको कलेजको दाबी छ । कलेजले ब्यांकिङ, ट्रेडिङ हाउस, एअरलाइन्स लगायतमा इन्टर्नसिप गराउँदै आएको छ । विद्यार्थीकेन्द्रित पढाइ, गतिलो पुस्तकालय, सुविधासम्पन्न भौतिक पूर्वाधार साइम कलेजका विशेषता हुन् ।

ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट) कलेजले व्यवस्थापन अन्तर्गत हस्पिटालिटी विषय पढाइरहेको छ । प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिएको कलेजमा नेपालका अतिरिक्त डेनमार्क, चीन, बाङ्लादेश, अफगानिस्तानका विद्यार्थी पनि अध्ययनरत छन् । गेटले थाइल्याण्ड, दुबई, बहराइन, स्पेन, चीन लगायत देशमा विद्यार्थीलाई इन्टर्नसिप गराउँदै आएको छ । विद्यार्थीलाई स्वदेश तथा विदेशमा ‘जब प्लेसमेन्ट’ का लागि पनि कलेजले सहयोग गरिरहेको छ ।

नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस) ले बीआईएम, बीएचएम र बीएससी सीएसआईटी पढाइरहेको छ । दक्ष व्यवस्थापन, योग्य शिक्षक, व्यावहारिक र प्रयोगात्मक अध्यापन, अनुशासित वातावरण आफ्नो विशेषता भएको कलेजको दाबी छ । कलेजले थाइल्याण्ड, मलेशिया, चीन लगायत देशमा इन्टर्नसिप गराउँदै आएको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको यूनिग्लोब कलेजले बीबीए र बीबीए–बीआई अध्यापन गराउँदै आएको छ । विद्यार्थीको आन्तरिक मूल्यांकन, अनुशासन, व्यावहारिक सिकाइ पद्धति, जब प्लेसमेन्ट तथा करिअर योजनामा विशेष ध्यान दिइएको कलेजको भनाइ छ । आफूसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षणको अनुभव भएका शिक्षक तथा दक्ष सञ्चालक भएको कलेजको दाबी छ ।

मलेशियाको लिंकन यूनिभर्सिटी कलेजबाट सम्बन्धन पाएको फिनिक्स कलेजले बीबीए अध्यापन गराउँदै आएको छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त विदेशी डिग्री पढाउँदै आएको कलेजले प्रयोगात्मक अभ्यासलाई विशेष जोड दिएको छ । पढाइसँगै विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासमा पनि उत्तिकै ध्यान दिइने कलेजको भनाइ छ ।

मलेशियाको एशिया प्यासिफिक यूनिभर्सिटीबाट सम्बन्धन पाएको लर्ड बुद्ध एजुकेशन फाउण्डेशन (एलबीईएफ)ले बीएस्सी आईटी र बीबीएम कोर्स सञ्चालन गरिरहेको छ । कलेजले प्रोजेक्ट वर्क, अवलोकन तथा इन्टर्नसिपमा विशेष ध्यान दिएको सञ्चालकको दाबी छ । समयानुकूल परिमार्जित पाठ्यक्रमका कारण विद्यार्थीको व्यावसायिक सीप विकासमा सहयोग हुने कलेजले जनाएको छ ।

बेलायतको ओल्भरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हेराल्ड कलेजले बीबीए र बीआईटी अध्यापन गराउँदै आएको छ । कलेजले प्रयोगात्मक माध्यमबाट अध्यापन गराउनुका साथै बेला–बेला विद्यार्थीलाई विदेशी विश्वविद्यालयको अवलोकन भ्रमण पनि गराइरहेको छ । विद्यार्थीलाई विभिन्न कर्पोरेट हाउसमा इन्टर्नसिप गराइरहेको कलेजले प्रशासनिक ज्ञान तथा नेतृत्व विकासको तालिम पनि दिंदै आएको छ ।

इश्लिङ्टन कलेजले बीबीए र बीआईटी अध्यापन गराइरहेको छ । विद्यार्थीलाई स्वदेश तथा विदेशमा रोजगारीको अवसर दिंदै आएको बताउने कलेजले लण्डन मेट्रोपोलिटन विश्वविद्यालयसँग पनि सहकार्य गरेको छ । थाइल्याण्ड, बेलायत लगायत मुलुकमा विद्यार्थीलाई इन्टर्नसिप गराउनुका साथै विदेशका औद्योगिक क्षेत्रको भ्रमण, विश्वविद्यालयमा तालिम, कार्यशाला सञ्चालन गर्दै आएको कलेजको भनाइ छ । कलेजसँग विश्वस्तरको भौतिक सुविधा र अनुभवी शिक्षक छन् ।

बीबीए कोर्स सञ्चालन गरिरहेको किङ्ग्स कलेजले विश्वस्तरको पढाइ स्वदेशमै उपलब्ध गराइरहेको दाबी गर्छ । शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलापलाई उत्तिकै महत्व दिंदै आएको कलेजले उत्कृष्ट विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । साथै, जागिर खोज्न र विद्यार्थीको व्यक्तित्व विकासमा जोड दिने गरेको कलेजको भनाइ छ । अनुभवी र योग्य टीमद्वारा सञ्चालित कलेजले विदेशी प्राध्यापकको अतिथि कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ । किङ्ग्सलाई अमेरिकाको वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धन प्राप्त छ ।

अमेरिकाको वेष्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन पाएको प्रेसिडेन्टल बिजनेस स्कूलले बीबीए अध्यापन गराइरहेको छ । गुणस्तरीय शिक्षा नै पहिलो प्राथमिकता भएको बताउने यो कलेजले समूहगत छलफल, टर्म पेपर, गेष्ट लेक्चरर, अडियो–भिडियो लगायत माध्यम मार्फत पढाइरहेको छ । रिपोर्ट राइटिङ, टिचिङ लर्निङ विधि मार्फत पढाइ, अवलोकन भ्रमण तथा कर्पोरेट क्षेत्रमा इन्टर्नसिप नियमित गराउँदै आएको कलेजको भनाइ छ ।

द टाइम्स इन्टरनेशनल कलेजले पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिंदै आएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिइएको, विश्व प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि सोही अनुरूपको सिकाइ र फ्याकल्टीको व्यवस्था गरिएको जनाएको छ । बिहानी र दिवा कक्षा सञ्चालन गरिरहेको कलेजले स्नातक तहमा बीबीएस, बीए र बीएसडब्लू अध्यापन गराइरहेको छ ।

पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त प्लाटिनम म्यानेजमेन्ट कलेजले बीबीए र ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) अध्यापन गराउँदै आएको छ । कलेजले शिक्षण सिकाइमा प्रविधिलाई विशेष जोड दिएको छ । विश्वस्तरको पढाइ र गुणस्तरका कारण विद्यार्थी आकर्षित गर्न सकेको कलेजको दाबी छ । प्रयोगात्मक अभ्यास, अतिरिक्त क्रियाकलाप, व्यक्तित्व विकास, इन्टर्नसिप, अनुभवी शिक्षक, सुविधासम्पन्न भौतिक संरचना आफ्नो विशेषता भएको कलेजको दाबी छ ।

comments powered by Disqus

रमझम