यो पत्रिका किन्नुको सन्दर्भ पनि विशेष छ । केही महीनाअघि कवि तुलसी दिवसले भन्नुभयो, “नेपालमा लोकवार्ता सम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ, त्यसमा एउटा प्रस्तुति गर ।” लोकवार्ता सम्मेलनमा मैले के प्रस्तुत गर्ने ? उहाँले प्रष्ट्याउनुभयो, “नेपालका विभिन्न ठाउँका भोजन, तिनको पौष्टिक र सांस्कृतिक महŒवबारे प्रस्तुत गर । त्यो पनि लोकवार्ताकै एक अंग हो ।”
गीत–संगीत, नृत्य र लोकसाहित्य मात्रै नभएर परम्परागत मौलिक भोजन, घर, पोशाक, परम्परागत औषधि, जडीबुटी पनि लोकवार्तामा समाहित हुँदोरहेछ । त्यही प्रस्तुतिका लागि सामग्री खोज्ने क्रममा नेशनल जोग्राफी को यो अंक भेटेकी थिएँ । यसमा संसारका विभिन्न भागका वनस्पति र तिनको महŒवबारे समेटिएको छ । त्यस्तै, हाम्रै गाउँघरमा पाइने वनस्पति, बजारमा सहजै उपलब्ध हुने भान्साका सामग्रीको वैज्ञानिक उपयोगिताबारे पनि उल्लेख छ ।
अदुवा
अदुवा हामी अधिकांशको भान्सामा कहिल्यै टुट्दैन । हामी जाडोमा अदुवा चियाको स्वाद लिन्छौं, तर अदुवा कहाँबाट आयो, यो शब्दको उत्पत्ति कसरी भयो भन्नेबारे हामीले नसोचेका पनि हुन सक्छौं । नेशनल जोग्राफी का अनुसार एशियामा चार हजार वर्ष अगाडिदेखि प्रयोग गरिएको अदुवा अहिले प्रायः संसारभरि पाइन्छ ।
वाक्वाकी लागेका बेला अदुवा खाँदा फाइदा गर्छ । मैले त गर्भवती महिलालाई जहिले पनि एक टुक्रा अदुवा मुखमा राखिराख्न सल्लाह दिन्छु । लामो यात्रामा जाँदा मैले केही टुक्रा अदुवा साथै लैजान्छु । केही अध्ययनले देखाएको छ, क्यान्सरका बिरामीलाई विकिरणद्वारा उपचार गरेपछि जब खान मन नलाग्ने, वाक्वाकी लाग्ने हुन्छ, अदुवाले त्यसमा औषधिको काम गर्न सक्छ । हामीकहाँ पेट दुखेका बेला अदुवा र बिरेनून घरेलु औषधिका रूपमा प्रयोग गरिन्छ ।
अदुवाको महŒव कति छ भन्ने मैले इरानमा हुँदा थाहा पाएकी थिएँ । भारतबाट आयात हुने एक किलो अदुवालाई त्यहाँ २५ अमेरिकी डलर तिर्नुपथ्र्यो, यो सन् २००४ को कुरा हो । अहिले झ्नै महँगिएको होला । अदुवालाई आयुर्वेदमा पनि महŒव दिइएको छ ।
सौप
कतिपयले खाना खाएपछि मुख ताजा गर्न सौप चपाउने गर्छन् । पेटको वायु शोषण गर्ने, भोक जगाउने गुणका कारण सौप चपाउने गरेका हौं कि ? रोमन डाक्टर (एडी २३–७९) ले सौपका २० भन्दा बढी चिकित्सकीय गुणबारे वर्णन गरेका छन् । सुत्केरीलाई हामीकहाँ सौपको परिकार दिने चलन पनि छ । सौपमा भिटामिन सीसँगै क्याल्सियम, सोडियम, फोस्फोरस, आइरन, पोटासियम जस्ता खनिज तत्व हुन्छन् ।
दालचिनी
केही आयुर्वेदिक चिकित्सक मधुमेहका बिरामीलाई दालचिनीले फाइदा गर्ने बताउँछन् । साथै, यसले रगतमा रहेको खराब बोसोको मात्रा पनि घटाउने नेशनल जोग्राफी मा उल्लेख छ । दालचिनीको तेल स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । दालचिनीमा क्यालोरी, भिटामिन ए, भिटामिन के लगायत हुन्छ ।
चिया
एक किम्वदन्ती अनुसार चीनमा पाँच हजार वर्षअघि चियाको आविष्कार भएको थियो । १२औं शताब्दीमा चिया जापानमा फैलियो । १६औं शताब्दीमा डचहरू मार्फत यो युरोपमा पुग्यो । हामीले चिया प्रायः दूधमा पकाएर पिउँछौं । तर, युरोपमा प्रायः दूध नहाली चिया पिइन्छ । चियाको गुणलाई बुझ्ेर चियापत्तीको क्याप्सुल पनि बनाइन्छ । कतिले झडापखाला लागेका बेला चियापत्ती चपाए फाइदा गर्छ भन्छन् । केही दिनसम्म तातोपानीमा भिजाएर पनि चियाको स्वाद लिन सकिन्छ, दूध हालेको चिया पिउने बानी परेकालाई यो नौलो लाग्ला । तर, दूध नहालेको चियाको चिकित्सकीय महŒव थाहा पाएपछि हाम्रो बानीमा परिवर्तन आउन सक्छ ।
लसुन
मह
पुदिना
सिस्नो
केही वैज्ञानिकका अनुसार सिस्नोको प्रयोग गर्दा शरीरमा संक्रमण गराउने केही रसायनको उपस्थिति कम हुन्छ । कतिपय आधुनिक प्राकृतिक चिकित्सकहरू बाथ र एलर्जीमा सिस्नोको प्रयोग गर्छन् । युरोपमा पनि सिस्नोको जरालाई पुरुषहरूको ‘प्रोस्टेट’ ग्रन्थीको केही समस्यामा प्रयोग गरिंदोरहेछ ।
भटमास
अमेरिकामा भटमास सन् १७६५ मा मात्रै पुगेको रहेछ । भटमासका परिकारमध्ये तोफु त हामीले सुनेकै छौं । हरियो भटमास उसिनेर खाँदा त्यसमा रहेको प्रोटिनले महीनावारी भएका महिलाका लागि फाइदा पुर्याउँछ । महीनावारी रोकिन लागेका महिलालाई पनि यसमा निहित विशेष तत्वले फाइदा गर्छ । क्यान्सर, स्तन क्यान्सर भएका महिलालाई भटमास नखान भनिएको छ ।