१-१५ भदौ २०६९ | 17-31 August 2012

अन्ततः सफल

Share:
  

अनुशील

r2
तस्बिर: अनुशील

गत वैशाखको मिस नेपाल प्रतियोगिताको 'टप फाइभ' बाटै बाहिरिएकी सुदूरपश्चिम, महेन्द्रनगरकी नीलम चन्द २३ साउनमा राजधानीमा आयोजित मिस ग्लोबल–नेपाल २०१२ को ताज जित्न सफल भएकी छन्। 

पढाइ र करिअरको लागि ६ वर्षअघि राजधानी छिरेकी नीलम सौन्दर्य प्रतियोगितालाई व्यक्तित्व विकासको प्लेटफर्म ठान्छिन्। मिस नेपाल २०१२ मा 'मिस पब्लिक च्वाइस'को अवार्ड समेत जितेकी नीलमलाई तीन वटा नेपाली फिल्ममा नायिकाको प्रस्ताव पनि आयो। तर, सिने क्षेत्रमा नजाने निर्णय गरेकी उनी आगामी सेप्टेम्बरमा जमैकामा आयोजना हुने इन्टरनेशनल मिस ग्लोबल कन्टेष्ट २०१२ मा प्रतिस्पर्धाको तयारीमा छिन्। भविष्यमा उनी मिडिया, फेशन–मोडलिङ या अरू केमा जम्लिन् त? “काम गर्दै जाने हो, जेमा जमिन्छ, त्यहीं बसिन्छ”, उनी भन्छिन् ।

comments powered by Disqus

रमझम