२३ भदौ २०७० | 8 September 2013

विश्व बस्नेतको स्कूल

Share:
  

सिन्दूर, अन्याय जस्ता एक जमानाका सुपरहिट नेपाली चलचित्रका नायक विश्व बस्नेत लामो समयको अन्तरालपछि निर्देशकको अवतारमा देखिएका छन् । गत साता प्रिमियर शो गरिएको उनको चलचित्र स्कूल ले अध्यात्ममा जोड दिएको छ । नैतिक शिक्षाको कमीका कारण देश–समाजमा स्वार्थीपना मौलाएर एकअर्काको मतलब हुन छाडेको यो फिल्मले बताउँछ ।

यो फिल्म निर्माणमा बस्नेतलाई प्रा.डा. सामथ्र्यबहादुर सिंह र वीरेन्द्रमान श्रेष्ठले साथ दिएका छन् । बस्नेतले चलचित्र र यस्तै रहेछ जिन्दगी पछि स्कूल को निर्माण÷निर्देशन गरेका हुन् । यो फिल्म मनोरन्जन भन्दा बढी ज्ञानका लागि बनाएको बस्नेतले बताए । उनले भने, “स्कूल राष्ट्रिय–अन्तर्राष्ट्रिय महोत्सव र अवार्डहरूमा नेपाली प्रतिनिधित्व गर्न लायकको सिनेमा हो ।”

फर्मूला फिल्म भन्दा पूर्णतः फरक यो फिल्ममा नीर शाह, क्याप्टेन विजय लामा, बीएस राणा, सुस्मिता बमजन, रवि गिरी, रुपा राना, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ ।

comments powered by Disqus

रमझम