२३ भदौ २०७० | 8 September 2013

तीन कलाकारलाई फुलब्राइट

Share:
  

नेपालका तीन जना कलाकार फुलब्राइट फेलोसिपमा अमेरिका जाँदैछन् । अमेरिकी शैक्षिक नियोगले प्रदान गर्ने यो विद्वतवृत्तिका लागि छानिनेमा सितारवादक डा. ध्रुवेशचन्द्र रेग्मी, कलाकार अस्मिना रन्जित र काठमाडौं युनिभर्सिटीको सेन्टर फर आर्ट एण्ड डिजाइनका प्रमुख सुजन चित्रकार छन् । उनीहरु बाहेक यस वर्ष डा. विभूति रन्जन झाले यो विद्वतवृत्ति पाएका छन् ।

विद्वतवृत्तिको ६ महीने अवधिमा संगीतका विद्यावारिधि ध्रुवेशले न्यूयोर्कको सिटी युनिभर्सिटीमा ‘म्युजिक फर पीस एण्ड हारमोनी’ लाई विषय बनाएर काम गर्नेछन् भने सुजन चित्रकारले फिलाडेल्फियामा न्युरल आर्ट (भित्तेचित्र) को काम गर्नेछन् । त्यस्तै, अस्मिना रन्जितले भर्जिनियाको कमनवेल्थ युनिभर्सिटीमा ‘आर्टमा नेपाली डायस्पोरा’माथि अनुसन्धान गर्नेछिन् ।

comments powered by Disqus

रमझम