२३ भदौ २०७० | 8 September 2013

कविको आमा

Share:
  

डेढ दशकदेखि हङकङ बस्दै आएका गायक कवि राईले तेस्रो अल्बम ‘आमा’ निकालेका छन् ।

अल्बममा समेटिएको उनको आधुनिक, रक र पप शैलीका सातमध्ये आमा..., घाँसी... र मायालुको छेउ... गरी तीन गीतको म्यूजिक भिडियो पनि बनेको छ । अल्बममा वेद सुब्बा, दिनेश सुब्बा, अशोक शाक्य र गायक स्वयंको संगीत छ । शब्दहरु मोहन क्षेत्री, अशोक, गायक स्वयं र वेदका छन् ।

सधैं सधैं.. बोलको गीतमा सिने गुरुङले उनलाई साथ दिएकी छिन् । २०४७ सालमा धरानमा निरुपण व्याण्डको स्थापना गरेर गायनमा प्रवेश गरेका कविले २०५२ ‘हिंड्दा हिंड्दै उकाली ओराली...’ बोलको गीत रेकर्ड गराएका थिए । उनले २०५३ मा अतीत र २०५४ मा कविन नामक अल्बम निकालेका थिए ।

comments powered by Disqus

रमझम