२३ भदौ २०७० | 8 September 2013

चपष्टिक्सका चिनियाँ स्वाद

Share:
  
- अनुशील

ललितपुरको व्यापारिक केन्द्र मानिने कुमारीपाटीमा पाँच वर्षअघि खुलेको चपष्टिक्स चाइनिज र कन्टिनेन्टल खानाको लागि भरपर्दो गन्तव्य बनेको छ । लिभ, लभ, इट नाराका साथ सञ्चालित यो रेस्टुरेन्ट मुख्य सडकको पहिलो तल्लामा रहे पनि शान्त छ ।

विविध चिनियाँ परिकार रोजेर खान पाइने चपष्टिक्समा गोल्डेन फ्राइड प्राउन, क्रिस्पी मसरुम, ड्रागन चिकन, पर्क क्युबदेखि बफ र मसरुमसम्मका भेराइटी र परिकार छन् । यहाँ भेज र नन–भेज दुवै किसिमका पारखीको दिलखुश हुन्छ । चिकन, पर्क, मटन, बफ र फिसका साथ पाइने नेपाली खानाले पनि उत्तिकै मन जितेको छ– चपष्टिक्सले ।

एक पटकमा ८० जना अटाउने यो रेस्टुरेन्टमा ननस्मोकरहरूका लागि अलग जोन छ । संचालकद्वय सनी श्रेष्ठ र सन्देश गोपाल न्याछौं आफ्नो रेस्टुरेन्ट अफिस मीटिङ, बर्थ डे, अन्य पार्टी र जमघटहरूका लागि पनि उपयुक्त भएको बताउँछन् ।

क्रिस्पी मसरुम रु.१९५

गोल्डेन फ्राइड प्राउन रु.४५०

बफ फिलेट विथ मसरुम रु.२२५

पर्क, चिकन मःम रु.१७५–१९०

ड्रागन चिकन रु.२७५

पर्क क्युब रु.२७५

सम्पर्क फोन ०१–५५५१११८ www.chopstix.com.np

comments powered by Disqus

रमझम