२८ असोज - १० कार्तिक २०७५ | 14-27 October 2018

भान्सामै चाडबाड विशेष

Share:
  

दशैंको प्रमुख विशेषता नै हो– खानपान । ‘मिठोमसिनो खाने’ पर्वका रुपमा समेत चिनिने हुँदा दशैंलाई खानपानको पर्व भन्दा पनि फरक पर्दैन । दशैंका अन्य परम्परा र प्रचलनसँगै टाढिएका परिवारका सदस्य एकत्रित र आफन्त भेटघाट हुँदा खानपान नै विशेष हुने गर्छ । दशैंका बेला घरघरमा पाक्ने मासुका अनेक परिकारले नै यो चाडको बेग्लै महत्व दर्शाउँछन् ।

खानपान भन्ना साथै त्यो स्वास्थ्यसँग जोडिन पुग्छ । दशैं जस्तो ठूलो चाड होस् या अन्य अवसर; स्वास्थ्यमा ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । अर्थात्, दशैंका लागि बनाइने कुनै पनि परिकारमा पोषणलाई ध्यान दिनैपर्छ । के खाने वा के नखाने भन्ने मात्र होइन, कति खाने र कसरी खाने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । त्यही कारण पनि हुनसक्छ, पछिल्लो समय दशैंमा मासुका परिकारको विकल्प खोज्ने अभ्यास पनि शुरु भएको छ ।

दशैंको खानपान कस्तो बनाउने त ? यसको दायरा बृहत् भए पनि हिमाल को दशैं अंकमा हामीले घरमा सजिलै तयार पार्न सकिने खाद्य र हल्का पेय पदार्थबारे जानकारी पस्कने जमर्को गरेका छौं । दक्ष सेफहरूको रेसिपीमा आधारित खानपानको यो तरिकाले दशैंलाई थप स्वादिष्ट बनाउन सक्छ ।

comments powered by Disqus

रमझम