भोटबाट पैठारी हुने माल वस्तु र दस्तुर

Share:
  
- ज्ञानमणि नेपाल

अघि छ्या लुङ ५७ अर्थात् सं. १८४९ मा चीन भोटसँग नेपालको युद्धपछि मेलमिलाप हुँदा चिनियाँ सेनापति टुङथ्वाङले साँध–सिमाना र दुवै देशको बीचमा हुने यो–यो मालवस्तुको निकासी पैठारी व्यापारमा यति–यति जगात भन्सार दस्तुर लिने–दिने गर्नू भनेर दरभाउ तोकिएको थियो । त्यसमा पछिपछिका दुवैतर्फका जगाती भन्सारी अधिकारीहरू लिंदा बढाएर लिने दिंदा घटाएर दिने गर्न थाले । दुवैतर्फका बेपारीहरूले पुरानो रीतिथिति छोडी मनलागी दस्तुर भन्सार असुली हामीलाई दुःख दिए भनेर उजुरबाजुर गरेपछि नेपाल सरकारले अघिको रीतबमोजिम भन्सार दस्तुर लिने–दिने गर्नु भन्ने उर्दी दियो । उताका अम्बाहरूलाई यही कुरो जानकारी गराएर भोटले पनि आफ्ना मातहतका ढेवाहरूलाई सोही पुरानो नियम रीतिरिवाज बमोजिम जगात भन्सार लिने काम गर्नू भन्ने आदेश दिइयोस् भन्ने जाहेर गरियो । भोट अधिकारीले पनि बेपार गर्न आउँदा दिनुपर्ने जगात भन्सार दरबन्दी खोली दिएको लालमोहरको नक्कल पनि पठाए ।

भोटबाट आउने वस्तु, चीजबिज र तिनमा लाग्ने दस्तुरहरू भेडा, च्याङ्ग्रा, चौधरी भेडा, चौधरी च्याङ्ग्रा, बाज घोडा, कमारा–कमारी, नूनका भारी, ऊन, पाखी, चवरका भारी, स्वाग, कस्तूरी, जडीबुटी, तास, मलेडा, कुचिन, चरेस, तेल, घ्यू, कागज, बाघको छाला, चितुवाको छाला, वदको छाला, भुसहट्टाका भारी । यी प्रत्येकको भन्सार दस्तुर पनि बढीमा आठआना (१ मोहर) र घटीमा एक आना तपसिलमा तोकिएको छ :

१. श्री ५ गोर्खा सर्कारबाट ल्हासाका छिनतारिन मुनतारिन अम्बालाई लेखिगयाको – केरुङका जगात दस्तुर अघिका भन्दा बढता लियाको कुरामा ताहा ल्हासाबाट आउन्या छ्यान्जोय र हाम्रा याहाका काजि सर्दार बसि आफुहरूबाट लेखिआया बमोजीम छ्यालुङ ५७ सालदेखि चलिआयाको अघिको दस्तुर थामि भोत गोर्खा दुवैतरफको विचमा वढ्याको कुरा घटाई अघि देखि चलिआयाबमोजिम काजिसरदारले बन्दोवस्त गरि आयाको रितिथितिथामि जगात् दस्तुर लिन्या कुराको दरबन्दी खोली थितिको लालमोहर गरि ताहा आफुहरू छेउ जाहेर भैरहोस् भनी निमित्त पठायाको छ । दखील भै विस्तार जाहेर होला अब उप्रान्त ताहाबाट आफुहरूको र पोतला लामाज्युको मोहर लाग्याको सहिको कागज भन्दा वढता लिन के रु को ढेवाहरू नपाउन् याहा हाम्रा जगातिहरूले पनि येस् लालमोहर बमोजीममा बढता लिन लाग्यो भन्या थितिका लालमोहरमा लेख्या बमोजीम सजाये पाउन्या छन् ।

१९०४ साल ज्येष्ठ सुदि १४ रोज १

२. भोट्याहरूले बेपार गर्न आउदा जगात भन्सार लिन्या दरबन्दिथितिका लालमोहरको नक्कल

आगे बालाज्यू देखी हाम्रो सिमाना रसुवासम्म बालाज्यू निकासि नुवाकोट् भन्सार भार्खु भन्सार स्यार्फु जगात टिमुर्‍या जगात गोल जुंज जगात टिमुर्‍या टक्सार गैह्र जगाती भन्सारी गैह्र प्रति अघि परापूर्व देखी चलिआयाका रितिथिति भन्दा जगात बढता लिन्छन् अरु रकम पनि बढाई केरुंका ढेवाहरूले लिदा हाम्रा महाजन प्रजाहरूलाई दुःख भयो । यस्कुराको बलियो थिति नगरिबकस्या हामीले दुखपायौ भन्या अर्जि महाजन प्रजा गैह्रले हाम्रा हजुरमा चह्राउदा याहाबाट काजी सुरथ सि पन्थ सर्दार रणजंग कार्कि महाजन गैह्र समेतलाई केरुङमागै केरुग्याले अघि भन्दा जगात्मा र रकम्मा वढाइ लियाको कुन कुन रकम रहेछ भोट ल्हासाबाट आयाको ल्हासा लावाङ् छान्जोय लाङ्गोन वोसगवसिन तजवीज गर्दा अघिदेखि चलिआयाको रकम कलम भन्दा बढता लियाको जो ठहर्छ हाम्रा तरफबाट पनि अघि देखि चलिआया भन्दा बढता लियाको जो ठहर्छ भोट र गोर्खा दुवै तिरको पछि बढाको रकम कलम घटाई अघि छ्यालुङ ५७ साल देखि दरि चलिआयाको दुवैतिरको थामि बन्दोवस्त गरि आउनु भनि पठायाको हो यस्कुराको विस्तार लेखि ल्हासाका बडा अम्बा छिनारिन सुइतारीन छेउ पनि लेखिगयाको हो ल्हासाका बडा अम्बा २ बाट यस्कुराको जवाफ अघि छालुडू ५७ सालका दफटरमा बुझ्दा कुतिकेरुमा चावलली बेपार गर्नु आउन्या सित र अरु नेवार महाजनहरू अनेक चीजबीज ली ल्हासामा वेपार गर्न आउदा कुति र केरुंगका ढेवाले भारि १ केचाबल १ फुरु मात्र जगात लिनुहुंछ सिमानामा अरु केहि लिनु हुदैन चीजवीजका भारि ल्हासा पुग्या पछि असल कमसल भारि १ के कालामोहर एकलिछन सुनौला तास थान मुगाका माला कपुर्या तोफा चीजहरूके यहि विस्तार बुझि जगातलिछन फेर केशर ठूला साना भारि १ के का लालमोहर येक लिन्या रिनरहेछ ताहा गोर्खाबाट अघि भन्दा बढता लिछन् भनि केरुका झुनपुन र प्रजा गैह्रले याहा हामी ताठीनछेउ विंति गर्‍या ताहाबाट पनि पछि विचमा बढाइ लियाको घटाइ बन्दोबस्त गर्नु भन्या ल्हासाका बडा अम्बाहरूको र पोतलाको तालोय लामाज्युहरूको छाप सहि पर्वाना आउदा भोट ल्हासाबाट आयाको छ्यानजोयर हाम्रा काजी सर्दार महाजन प्रजा गैह्र बसि बीचमा बढाइ लियाको सबै जगात दस्तुर घटाइ अघि छ्यालुङ ५७ साल देखि चलिआयाको तपसील बमोजीमको जगान लिनु दिनु दस्तुर थामि अघि देखि चलिआयाको दस्तुर तिरि आफनुखुसि राजि भयाका जगामा गै वेपार गर्नु भनि दरबन्दी खोलिथिति बाधिवक्यौता जसले दरबन्दि भन्दा बढता जगादस्तुर लेला देला उसलाई जात अनुसारको साशन होला

तपसील

भोटतरफका भोट्या नुवाकोट तरफ आउदा टिमुर्‍या जगात भोट्याजना १, नुन कुरुवा १, भोटिनीजना १ ऐ कुरुवा ।।, पाखी १८ थानको भारी १ के ऐ ।। भेडाच्याग्रागोटा १एके ऽ ।।, पाखीचुनचानथान १एके ऽ ।।, घोडा १एके ऐ ऽ ।।, नञाकमारा कमारी १ के ।।, बाज १ के ऐ ।।, उनभारि १ के ऐ ।।, उनचुनचानभारि १ के ऐ ऽ ।।, चवरभारी १ के ऐ ।।, स्वागभारि १ चामल कुरुवा १, कस्तुरिसेर १के पैसा ।।, जरिबुटिभारी १ के पैसा ।।, तासमलेदा कुचिन भारि १के ऐ ।।, चरसभारि १ के ऐ ।।, दसैखेपमा भेडा २१ गीतिभित्रमा लिनु गोटा १, दसैखेपमा च्याग्रा २१ गीतिभित्र लिनुगोटा १,

स्यापु्रको बाटो टिमुर्‍याको सदर............... गोलजुं बाटो टिमुर्‍याको गिबुनो र्बुच्याङ्गाउल्या गोलजुंको बाटो आउदा जगामआघि

भाखुभन्सार–

भोटका भोट्याहरू नुवाकोटतर्फ आउदा लमि लेखि पठाउदा मानिस जनहि पाथि १ सम्म बाटाको सामल निमित्त भेडा च्याग्रा २५ मा गोटा १ जर्नादी लमि लेखीदिनु बाटामा मर्‍यो भाग्यो भनि भोट्याले मिन्हा नलिनु नदिनु

दसै खेपमा भन्सार च्याग्रा ४० गन्तीमा च्याग्रा १, दसै खेपमा भन्सार भेडा ४० गन्तीमा भेडा १, दसै खेपमा चौरि भेडा ३० गन्तीमा भेडा १, दसै खेपमा चौरि च्याग्रा ३० गन्तीमा १,

नुवाकोट खानी भन्सार–

नुनभदागनौटा दस्तुर भ्यूसिन नून पाथी १० के नुन माना ३, भेडा १ के पैसा ऽ ।।, च्यांग्रा १ के ऐ ऽ ।।,

बालाज्यू भन्सार–

गुंटा ३ के नुन माना १, भेडाच्यांग्रा बथान १ के खिपसुँ मोहर १, दसै भेडाच्यांग्रा बथान १ के च्यांग्रा १

सहर काठमाडौं चप्रासीमार्फत–

बाज १ के दस्तुर पैसा रु. ।।, नेपालबाट भोटतर्फ फर्कदा

नुवाकोट भन्सार

भेडा १ के पैसा रु ऽ ।।, च्यांग्रा १ के पैसा रु. ।।,

भार्खु भन्सार–

नुवाकोटबाट ल्यायाको लमि हेरि छोडिदी –

स्याफ्रु जगात

किराना मालभारी १ के पैसा रु ।।, किराना चुनचानभारि १ के ऐ ऽ ।।, किराना चुनचानथान गंति १ के ऐ ऽ ।, भुसहट्टा मालभारि १ के ऐ ऽ ।, भुसहट्टाचानचुन धार्नि १ के ऐ ऽ ।, तेलभारि १ के ऐ ।।, घ्यूभारि १ के ऐ ।।, कागजभारि १ के ऐ ।।, कञा कमारा कमारी १ के ऐ ।।, बाघको छाला १ के ऐ ।।, चितुवाको छाला १ के ।, वदको छाला १ के ऐ ।, मुगापाथी १ के ऐ ।।,

टिमुर्‍याको जगात् स्याफुको सदर गालजुंको बाटो स्याफ्रुका सदर दिवु तोर्दु च्यांगाउ ल्याके आधी

टिमुर्‍या टक्सार

किराना माल भारि १ के पैसा ।।//, किराना चानचुन थान गंति १ के ऐ ऽ ।, किराना चानचुन धार्नी १ के ऐ ऽ ।।२, भुसहट्टा भारि १ के ऐ ।।//, भुसहट्टा चानचुन थान गंती १ के ऐ ऽ१, भुसहट्टा चानचुन धार्नी १ के ऐ ऽ ।।//, वदको छाला १ के ऐ

इति संवत् १९०४ साल मिति ज्येष्ठ वदि ८ रोज २ शुभम् ..

comments powered by Disqus

रमझम