१-१५ भदौ २०६९ | 17-31 August 2012

तस्बीरमा उहिलेको नेपाल

Share:
  
r8
तस्बिर: ऋषिराम कट्टेल

मुकुन्दबहादुर श्रेष्ठ (८६) ले एनालग प्रविधिबाट खिचेका डेढ सय तस्बीर सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा २६ साउनदेखि ४ भदौसम्मका लागि प्रदर्शनीमा छन्। 

पोष्ट कार्ड एण्ड वियोण्ड नामको  यो प्रदर्शनीमा श्रेष्ठले ३० देखि ५० वर्ष अगाडि सोलुखुम्बु, हेलम्बु, घान्द्रुक, गोसाईंकुण्ड आदि ठाउँको यात्रामा खिचेका सादा र रंगीन तस्बीरहरू छन्। 

r9

आयोजक फोटो सर्कलद्वारा स्थापित नेपाल पिक्चर लाइब्रेरीका अनुसार, सबै तस्बीर नेगेटिभ रिलबाट डिजिटलाइट गरिएको हो। तस्बीरमा ऊ बेलाको पहाडी र हिमाली नेपालको जीवनशैली हेर्न पाइन्छ। नेपालमा फोटोग्राफीको व्यावसायिक विकास हुनुभन्दा धेरै अगाडि क्यामरा समातेका श्रेष्ठले आफ्नो फोटोकलामा त्यो बेलाको प्रविधि र सौन्दर्यशास्त्रको विविध पक्षको उपयोग गरेका छन्। नेपाल पर्यटन बोर्डमा २५ वर्ष बिताएका श्रेष्ठको यो नै पहिलो प्रदर्शनी हो।

comments powered by Disqus

रमझम