८-१४ पुस २०७५ | 23-29 December 2018

नेपाल आइडलको उपाधि रवि ओडलाई

Share:
  

नेपाल आइडल सिजन–२ को उपाधि रवि ओडले जितेका छन् । ६ पुस साँझ ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको ग्राण्ड फिनालेमार्फत धनगढीका रवि उपाधि जित्न सफल भएका हुन् । उनले होन्डा डब्लुआरभी कार, रु.२२ लाख नगद र ‘गोल्डेन ट्रफी’ पाएका छन् ।

सिजन–२ को अन्तिम प्रतिस्पर्धामा उनीसहित चार जना थिए । आइडलको फस्ट रनरअप पोखराका विक्रम बराल भए । बरालले रु.२० लाख नगदसहित ‘सिल्भर ट्रफी’ पाएका छन् । सेकेण्ड रनरअप भएका सुमित पाठकले रु.१५ लाख नगद र ‘ब्रोन्ज ट्रफी’ जिते । त्यसैगरी, चौथो भएकी अस्मिता अधिकारीले होण्डा डियो स्कूटर प्राप्त गरेकी छन् ।

अन्तिम प्रतिस्पर्धीको रुपमा रहेका चारै जना संयुक्त रुपमा सांगीतिक कार्यक्रम लिएर विश्वका विभिन्न देश पुग्नेछन् ।

अस्मिता अधिकारी ।

दर्शकको भोट र निर्णायकको निर्णयका आधारमा विजेता छनोट गरिएको आयोजकले जनाएको छ । सिजन–२ को निर्णायक मण्डलमा संगीतकार न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी थिए ।

नेपाल आइडल सिजन–२ को अडिसन धनगढी, भैरहवा, हेटौंडा, पोखरा र काठमाडौंमा भएको थियो । नेपाल आइडलको पहिलो संस्करण पोखराका बुद्ध लामाले जितेका थिए ।

comments powered by Disqus

रमझम