३० भदौ २०७० | 15 September 2013

भीमदत्तमाथि फिल्म

Share:
  

राणाशासन र २००७ सालमा राणा, भारत र कांग्रेसबीच भएको दिल्ली सम्झौता विरुद्ध सशस्त्र किसान आन्दोलन गरेका भीमदत्त पन्तमाथि चलचित्र बनेको छ । डडेलधुरा कारी गाउँका पन्तले गरीब किसान र दलितलाई संगठित गरेर सशस्त्र आन्दोलन गरेको फिल्म भीमदत्त मा देखाइएको छ । यसको कथा मणि थापाको रहेको छ भने निर्देशक हिमग्याप लामा टासी छन् ।

नेपालमा २००७ सालको परिवर्तनको लागि गरिएको दिल्ली सम्झौता विरुद्ध सशस्त्र दस्ता बनाएर आन्दोलन संचालन गरेका २७ वर्षीय पन्तलाई सरकारले भारतीय सेना बोलाएर १७ साउन २०१० मा कञ्चनपुरको ब्रह्मदेव मण्डीमा हत्या गरेको थियो । निर्माता नवल खड्का नै फिल्ममा भीमदत्त बनेका छन् ।

comments powered by Disqus

रमझम