३० भदौ २०७० | 15 September 2013

एम्बर्स रेस्टुरेन्ट

Share:
  

ललितपुर, पुल्चोकको कृष्णगल्लीमा भाटभटेनी सुपरमार्केट र पञ्चकन्या समूहबीचमा पाँच महीनाअघि खुलेको एम्बर्स रेस्टुरेन्ट इटालियन, फ्रेन्च, चाइनिज र कन्टिनेन्टल खाना पारखीका लागि राम्रो गन्तव्य बनेको छ । खुल्ला र शान्त वातावरणको यो रेस्टुरेन्ट काठमाडौंका उत्कृष्ट मध्येमा पर्छ ।

यहाँको मुख्य परिकार भनेको चार कोल फिस हो । यसको सेटमा फिसका साथै भेज र स्पागेटी पनि हुन्छ । यसका साथै हनी ब्रेस्ड डक, मम, पेने अला आराबिता, एम्बर्स भेज प्लाटर, क्रिप्सी टेन्जी पोटाटो, अमेरिकन कर्न सल्ट, एसोर्टेड स्टिर फ्राइड यो रेस्टुरेन्टका मुख्य खानाका परिकार हुन् । रेस्टुरेन्टले होम प्याकिङ सर्भिसको समेत व्यवस्था गरेको छ ।

रेस्टुरेन्टका म्यानेजर रवीन्द्र खड्काका अनुसार यो रेस्टुरेन्ट कर्पोरेट हाउस तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्नेहरूका लागि लक्षित गरी संचालन गरिएको हो । तर पनि त्यति धेरै महँगो नभएका कारण सर्वसाधारणले समेत यहाँ आएर खानाका विभिन्न परिकारको स्वाद लिन सक्छन् । शुरु गरिएको पाँच महीनामै एम्बर्सले ग्राहकको मन जित्न सफल भएको छ । एक पटकमा १२० जनासम्म यो रेस्टुरेन्टमा खानपान गर्न सक्छन् ।

यहाँ ६ जनादेखि १५ जनासम्मको लागि छुट्टाछुट्टै मीटिङ हलको व्यवस्था छ भने अर्को एउटा ठूलो हल छ, जहाँ ९० जनासम्मको मीटिङ गर्न सकिन्छ । यसका साथै यो रेस्टुरेन्ट अफिस मीटिङ, बर्थ डे, अन्य पार्टी र जमघटका लागि पनि उपयुक्त भएको म्यानेजर खड्का बताउँछन् । रेस्टुरेन्ट परिसरको क्रेम बेकरी एण्ड कफी शपबाट उत्पादित चिज केक यहाँको अर्को विशेषता हो । भेज र ननभेज दुवै किसिमका खानाका पारखीको पर्खाइमा छ एम्बर्स रेस्टुरेन्ट ।

चार कोल फिस रु.५२५

पेने अला आराबिता रु.२०५–३७५

एसोर्टेड स्टिर फ्राइड रु.४२५

क्रिप्सी टेन्जी पोटाटो रु.२५०

एम्बर्स भेज प्लाटर रु.४७५

अमेरिकन कर्न सल्ट रु.२१५

हनी ब्रेस्ड डक रु.६४५

मःम रु.१९५–२२५

सम्पर्क फोन ०१–५५५३०६/५५३४७६६ www.embers.com.np

comments powered by Disqus

रमझम