१३ असोज २०७० | 22 Septrmber 2013

‘कविता कम बिक्छ’

Share:
  
देशका २६ स्थानमा पुस्तक प्रदर्शनी गरेको साझा प्रकाशनकी अध्यक्ष ममता झा भन्छिन्, “प्रदर्शनीमा भएको उपस्थितिले पढ्ने संस्कृति बढेको देखाउँछ ।”

साझाले पुस्तक प्रदर्शनी आयोजना गर्नुको उद्देश्य के हो ?

पढ्ने संस्कृति विकास गर्न साझा प्रकाशनले ४० वर्षदेखि निरन्तर पुस्तक मेला गर्दै आएको छ । पुस्तक बिक्री र प्रदर्शनीमा देखिएको उत्साहले हाम्रो उद्देश्य सफल हुँदै गएको देखाउँछ ।

यो पटक पुस्तकप्रेमीहरुको प्रतिक्रिया कस्तो पाउनुभयो ?

मेलामा रु.१ देखि रु.४४०० सम्मका पुस्तक राखिएका छन् । निम्न मध्यम वर्ग र विद्यार्थीले खाजा खर्च कटाएर पनि पुस्तक किन्न आएको भेटेकी छु । पुस्तकमा ३० देखि ९० प्रतिशतसम्म छूट दिंदा पनि यो पटक करोड रुपैयाँ भन्दा बढीको बिक्री हुने देखिएको छ ।

पाठकले कस्ता पुस्तक मन पराएका छन् ?

मुनामदनको कीर्तिमानलाई अहिलेसम्म अरुले तोड्न सकेका छैनन् । तर सबैभन्दा कम कविता बिक्री हुन्छ । उपन्यास र नियात्राको बिक्री बढी छ ।

साझा प्रकाशनले जति फाइदा र अनुदान पाए पनि संस्थागत विकास नभएको गुनासो छ नि ?

सरकारबाट कुनै सहयोग नपाए पनि साझाले पाठ्यपुस्तकदेखि साहित्यिक पुस्तकसम्म प्रकाशन गर्ने गरेको छ । नाफाका लागि काम गर्ने अरु संस्थाले भन्दा साझाले बढी काम गरेको छ भन्ने लाग्छ ।

साझाले पछिल्लो समय निकालेका पुस्तकहरू पहिले जस्तो स्तरीय नभएकाले पाठक र राम्रा लेखक टाढिएको साँचो हो ?

कम मूल्यका पुस्तक छूट दिएर बेचे पनि साझाले पुस्तक बेचेर करोडौं रुपैयाँ आर्जन गर्छ । साझाले लेखकहरुलाई ५० वर्षसम्म २० प्रतिशत रोयल्टी पनि दिने गरेको छ । अरुले एक पटक मात्रै रोयल्टी दिने भएकाले बढी देखिएको हो । नयाँ लेखकलाई अवसर दिन एक वर्षमा एउटा लेखकको एउटा पुस्तक मात्र छाप्ने गरेका छौं ।

comments powered by Disqus

रमझम