१३ असोज २०७० | 22 Septrmber 2013

विदेशिने बाध्यता

Share:
  
- देबकी विष्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक झण्डै १५०० स्वस्थ नेपाली तन्नेरी विदेशिने गर्छन् । अधिकांशको गन्तव्य हुन्छ, खाडी मुलुक तथा मलेशिया अनि लक्ष्य हुन्छ, रोजगारी । ३१ भदौमा कामका लागि विदेशिने हूलमा थिए, कल्पना तामाङ (नुवाकोट), लक्ष्मी रश्मि (म्याग्दी), देवीमाया माझी (उदयपुर), डोल्पा शेर्पा (रामेछाप) र सुनीता घिसिङ (दोलखा) बायाँबाट क्रमशः । उनीहरू रोज इम्प्लाइमेन्ट सर्भिसेज प्रालिबाट ‘हाउसकिपिङ’ को असाइन्मेन्टमा मलेशिया जाँदैथिए ।

विमानस्थलमा रश्मि केही ढुक्क थिइन् भने देवीमाया आत्तिएको देखिन्थिन् । १६/१७ वर्षकी जस्ती देखिने देवीमायाको पासपोर्टमा उमेर २२ छ ।

विदेशिने यो टोलीमा रामेछाप, डडुवा–७ की डोल्मा शेर्पा पनि थिइन् । जो उनकै शब्दमा ‘गरीबी उन्मूलनका लागि’ चार वर्षसम्म हतियार बोकेरै माओवादी विद्रोहमा सामेल थिइन् । पछि राज्य समिति सदस्यसम्म बनेकी शेर्पा अहिले भने पार्टीमा रहेर नेताको चाकडी गर्नुभन्दा विदेश जानु बेस ठानेर घरेलु कामदारका रुपमा दुईवर्षे भीसामा मलेशिया हान्निइन् ।

आफ्नो गाविसको नाम समेत बताउन नसक्ने देवीमाया पनि गरीबीबाट पार पाउन सात कक्षाको पढाइ छाडेर विदेशको अनिश्चित यात्रामा लम्किन् ।

शब्द/तस्वीरः देबकी विष्ट

comments powered by Disqus

रमझम