१६-३१ भदौ २०६९ | 1-16 September 2012

वास्तविकता यस्तो हो

Share:
  

सर्वसाधारणको ज्यान जानेसम्मको गैरकानूनी काम गर्दा समेत दोषी पक्ष अनुसन्धानको दायरामा आउनु नपर्ने यो कस्तो व्यवस्था हो?

–सिर्जना प्रधान

१४ साउन राति ८ देखि ११ बजेसम्म मेरो कमाण्डमा सात प्रहरी ज्याठा मोडमा चेकिङमा थियौं। राति ९:२० बजेतिर पल्सर मोटरसाइकल चालक युवराज बराल (२८) लाई चेक गर्दा मापसे गरेका रहेनछन्। तर मोटरसाइकल स्टार्ट नभएपछि २० मिटर अगाडि रोकिएर बसेका थिए। सोही क्रममा ओमेशलाल प्रधान बा ३१ प ४५३० नम्बरको मोटरसाइकलको पछाडि आमालाई राखेर आएका थिए। प्रहरी जवान रामकाजी उप्रेतीले चेक गर्दा मापसे गरेको भेटिएपछि नियम अनुसार चिट काटेर सवारी चालक अनुमतिपत्र खिच्यौं। मापसे गरेको व्यक्तिले मोटरसाइकल चलाउन पाइँदैन, ओर्लनुस् भनें। त्यहीबीचमा भोटाहिटी रुटबाट स्कुटरमा आएकी ओमेशलालकी दिदी सिर्जनाले छाडिदिन अनुरोध गरे पनि छाड्न नमिल्ने बताएँ। त्यहीबेला ओमेशलालले मोटरसाइकल एक्कासी बढाउँदा अनियन्त्रित भई २० मिटर अगाडिको युवराजको मोटरसाइकलमा ठोक्किएर सडकको मध्यभागमा लड्न पुगेका हुन्।

टपेन्द्रबहादुर खत्री
महानगरीय ट्राफिक प्रहरी प्रभाग, दरबारमार्ग

१४ साउन राति ९:३० बजे जमलमा मापसे चेकिङमा खटिएको प्रहरीले मोटरसाइकलमा सवार मेरो भाइ ओमेशलाल प्रधानमाथि हातपात गर्दा लडेकी मोटरसाइकल पछाडि बस्नुभएकी मेरी आमा सुवर्णलक्ष्मी प्रधान (५१) को उपचारको क्रममा १८ साउनमा न्यूरो अस्पताल बाँसबारीमा निधन भयो। भाइलाई कुटपिट गरेर नियन्त्रणमा लिई रातभर हिरासतमा समेत कुटपिट गरी भोलिपल्ट बिहान करीब ६:३० बजे प्रहरीले मेरो जिम्मामा छाडेको हो।

घटनाको दोषी सर्वसाधारण भएको भए जाहेरीपूर्व हिरासतमा पुग्नेथिए। उम्कनका लागि दोषी प्रहरी यतिबेला अनेक प्रपञ्चहरू गरिरहेका छन्। राज्यको जिम्मेवार तहमा बसेको आडमा सर्वसाधारणको ज्यान जानेसम्मको गैरकानूनी काम हुँदा त्यस्ता व्यक्ति अनुसन्धानको दायरामा आउनु नपर्ने यो कस्तो व्यवस्था हो? सम्बन्धित निकायले चासो दिए दण्डहीनता विरुद्धको अभियानमा योगदान हुनेथियो कि?

नयाँबजार, म्हेपी, काठमाडौं
हिमाल (१–१५ भदौ) मा प्रकाशित 'फौबन्जारको जगजगी' पढेपछि केही लेख्न मन लाग्यो। देश नै गुण्डा, दलाल, ठग, राजनीतिक दलका नेता, कार्यकर्ताले चलाएका छन्। सबै ठाउँमा उनीहरूको कब्जा भएको बेलामा तरकारीको के कुरा?

हिमालखबरबाट

हिमालखबर (१–१५ भदौ) को आवरण पढ्दा प्रतिपक्षीहरू यसरी मौन बस्नुभएन जस्तो लाग्छ। जंगलबाट आएकालाई के थाहा हुन्छ प्रजातन्त्र अनि लोकतन्त्र। अशान्ति, अस्थिरता र विकासका बाधक माओवादी नै हुन्। एकतन्त्रीय शासनव्यवस्था लाद्न खोज्ने माओवादीसँग कुनै अधिकारको कुरा गर्न सकिन्छ र? नैतिकताको हिसाबले पनि नेताहरूले अब शान्ति र विकासको ढोका खोल्नुपर्छ।

हिमालखबरबाट

डा. भेषराज अर्याल

'मस्तिष्क प्रतिगमन' मन पर्‍यो
बल तामाङ
हिमालखबरबाट

comments powered by Disqus

रमझम