१३ असोज २०७० | 22 Septrmber 2013

फोर पिल्लरको स्वाद

Share:
  

ललितपुरको पुल्चोकमा ९ महीनाअघि खुलेको द फोर पिल्लर क्याफे एण्ड लाउञ्ज खाना पारखीका लागि भरपर्दो गन्तव्य बनेको छ । कन्टिनेन्टल, इटालियन, चाइनिज र मिक्स परिकार पाइने यो क्याफेको आकर्षण महँगो नहुनु पनि हो । यहाँ तुलनात्मक रुपमा सस्तो मूल्यमा ठमेल वा झम्सीखेलकै स्वाद र आनन्द पाइने यसका संचालक साजनमान श्रेष्ठ बताउँछन् ।

यहाँ रु.११० मा कोक र मःमको कम्बो सेट, रु.११० देखि रु.१६० भित्रै स्याण्डविच, बर्गर, फ्राइड राइस पाइन्छ । फोर पिल्लरको पोर्क स्टिक, पास्ता विथ वर्गनाइसस, क्रिस्पी फ्राई चिकन बिल्कुलै फरक स्वादका छन् । परिकारसँगै विभिन्न फ्लेवरका हुक्का, लाइभ म्यूजिक र काराओकेको आनन्द लिन सकिने फोर पिल्लरमा एक पटकमा ४० जना पाहुना अटाउँछन् ।

स्पागेटी रु.२२०

पास्ता विथ वर्गनाइसस रु.२४०

पोर्क स्टिक रु.३००

क्रिस्पी फ्राइड चिकन रु.३००

बिर्यानी रु.१८०–२५०

मःम रु.८०–११०

राइस सेट रु.२१०–२५०

बर्गर रु.९५–१६५

भेज प्लाटर रु.३००

नन भेज प्लाटर रु.४००

सम्पर्क फोन ०१–५०१०६६६

comments powered by Disqus

रमझम