२० असोज २०७० | 29 September 2013

स्वदेशीले प्रतिस्थापन

Share:
  
- हिमाल टीम
वि.सं. २०२२ मा बाँसबारी छालाजुत्ता कारखाना स्थापना भएपछि शुरु भएको नेपाली जुत्ता उद्योगले छोटो समयमा ठूलो फड्को मारेको छ । केही वर्षअघिसम्म विदेशी जुत्ताको वर्चस्व रहेको नेपाली जुत्ता बजारको ५५ प्रतिशत हिस्सा स्वदेशी उद्योगले ओगटेको दाबी गर्ने व्यवसायीहरू भन्छन्, “वर्षेनि १० प्रतिशतले स्वदेशी उद्योगको बजार बढिरहेको छ ।” नेपाल राष्ट्र ब्याङ्कको तथ्यांक अनुसार, केही वर्षअघिसम्म रु.१० अर्बभन्दा बढीको जुत्ता–चप्पल आयात हुने गरेकोमा गत वर्ष रु.२ अर्ब ४८ करोडको मात्र आयात भएको थियो । व्यवसायीहरूले गुणस्तरीय उत्पादन गरेको दाबी गरे पनि उपभोक्ताको विश्वास अझै जित्न सकेका छैनन् । नेपाली छाला–जुत्ता उद्योगको अवस्था, चुनौती र अवसरका विषयमा हिमाल ले गरेको राउन्डटेबलको सारः

विक्रम राईविक्रम राईविक्रम राई
स्वदेशी छाला–जुत्ता बजारको अवस्था कस्तो छ ?

भीमलाल पौड्याल, अध्यक्ष, रोयल फूटवेयर

जनसंख्या वृद्धिसँगै जुत्ता–चप्पलको माग बढ्दो छ । तर पनि नेपाली जुत्ता–चप्पलको बजार वृद्धि भएकाले पछिल्ला वर्षमा आयात घटेको छ ।

विश्वज्योति प्रसाई, प्रबन्ध निर्देशक, मकालु फूटवेयर

जुत्ता–चप्पलको बजार स्वदेशी उत्पादनको वार्षिक १० प्रतिशत बढिरहेको छ । ११ शहरमा गरिएको सर्वेक्षणले एक नेपालीले वार्षिक २.१९ जोर जुत्ता खपत गर्ने देखिएको छ । मूल्य, गुणस्तर र डिजाइनका आधारमा उपभोक्ताले जुत्ता किन्ने गरेका छन् ।

मनोज श्रेष्ठ, अध्यक्ष, स्काई सूज

स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने औद्योगिक नीति नहुँदा अप्ठेरो परेको छ । अहिले गुणस्तरीय उत्पादन भए पनि जनशक्तिको अभावमा उपभोक्ताले खोजे जस्तो जुत्ता दिन सकेका छैनौं । विदेशबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता छ । उत्पादन गर्न सके स्वदेशी जुत्ताको बजार राम्रो छ ।

शम्भु तिमल्सिना, अध्यक्ष, शुभलाभ फूटवेयर

नेपाली ब्रान्डलाई उपभोक्ताले रुचाएकाले बजार र कारोबार बढेको छ । उत्पादन गर्न सक्दा जुत्ता मात्र होइन, छालाका अरू सामानको बजार पनि विस्तार हुने संभावना छ ।

रविन श्रेष्ठ, प्रोप्राइटर, कोसेली छाला–जुत्ता

विश्वव्यापीकरणको युगमा आयात रोक्न सकिंदैन । नेपाली कम्पनीले उपभोक्ताको माग र रुचिका जुत्ता उत्पादन गर्न थालेकाले विदेशी जुत्ता क्रमशः विस्थापित हुँदै जालान् । कच्चा पदार्थमा पनि विदेशी निर्भरता घट्दो छ ।

रुद्र न्यौपाने, प्रोप्राइटर, रन सूज

बाँसबारीमा निर्भर उपभोक्तालाई रुचि अनुसारको मूल्य, डिजाइन र गुणस्तरका जुत्ता दिनुपर्ने चुनौती छ । नेपाली ब्रान्डका लागि यो बजार समात्नु अवसर पनि हो ।

जीवन श्रेष्ठ, प्रबन्ध निर्देशक, स्मार्ट सूज

आयात ठप्पै नभए पनि धेरै हदसम्म रोकिएको छ । नेपाली उत्पादकले चिनियाँ मोडलको नक्कल गरेकाले पनि आयात घटेको हो । नेपाली जुत्ता मन पराउनेको संख्या बढेको छ ।

नवराज गौतम, प्रबन्ध निर्देशक, टाकुरा सूज

बजार बढेको भए पनि मोडल, गुणस्तर, साइजमा विविधीकरण गर्नुपर्ने आवश्यकता छ ।

उत्तम अधिकारी, अध्यक्ष, चितवन फूटवेयर

लेडिज स्यान्डिल मात्र बनाउँदै आएको हाम्रो उद्योगको बजार १३ वर्षको अनुभबमा बढेको महसूस भएको छ । पहिला जस्तो सामान बनाए पनि बिक्थ्यो तर अहिले ग्राहकहरू गुणस्तर र डिजाइन हेर्छन् ।

वासुदेव आचार्य, निर्देशक, शिखर सूज

आयात प्रतिस्थापन गर्न अहिलेभन्दा चार गुणा उत्पादन बढाउनुपर्छ । जुत्ता उत्पादन गर्न ठूलो लगानी चाहिने भएकोले २० वटा उद्योग खोल्नुभन्दा २० जना मिलेर ठूलो उद्योग स्थापना गर्नु राम्रो हुन्छ ।

कालिदास गोतामे, प्रबन्ध निर्देशक, केडी सूज

कच्चा पदार्थको भन्सार दर बढी हुँदा स्वदेशी उद्योग मारमा परेका छन् । चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुको कारण पनि यही हो ।

ज्ञानेन्द्र दाहाल, प्रबन्ध निर्देशक, मेगा सूज

सरकारले कर्मचारीलाई दिंदै आएको पोशाक र जुत्ता भत्तामा स्वदेशी भन्ने शब्द राखिदिएको भए ५ लाख जोर स्वदेशी जुत्ता थप बिक्री हुन्थ्यो । नयाँ कारखाना खोल्दा पुरानोका कामदार लैजानुपर्ने स्थिति रहेकाले दक्ष कामदार तयार पार्न सरकारले प्रशिक्षण केन्द्र खोल्नुपर्छ ।

सुरेन्द्र दाहाल, प्रबन्ध निर्देशक, लेदर विङ्स

जुत्ताको आयात घटे पनि कच्चा पदार्थको आयात बढेको छ । एउटा जुत्ताका लागि ३७ वस्तु प्रयोग गरेर ४७ वटा प्रक्रिया पूरा गर्नुपर्छ । जुत्ताको वार्षिक माग, आयात प्रतिस्थापनको सम्भावना, रोजगारी जस्ता विषयमा सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति बनाउनुपर्छ । नेपालले चीनसँग गरेको सम्झैतामा कच्चा छाला निर्यातमा निःशुल्क भन्सार लाग्ने व्यवस्था गरेकाले कच्चा पदार्थको अभाव भएको छ । छाला स्वदेशमै पाइए बजार बढ्छ ।

भीमलाल पौड्यालः बाहिरबाट ल्याइएका जुत्ताको बिक्री ६० प्रतिशत घटेको छ भने स्वदेशी उत्पादनको बजार बढेको छ ।

विश्वज्योति प्रसाईः देशभरका करीब ७५० उत्पादकले स्वदेशी जुत्ता–चप्पल उत्पादन गर्छन् । तिनलाई प्रोत्साहन गर्न सरकारले नीतिगत सुधार गर्नुपर्छ ।

व्यवसायी मिलेर जनशक्ति उत्पादन गर्न किन नसक्नुभएको ?

भीमलाल पौड्यालः सबै कुरा निजी क्षेत्रबाट मात्र सम्भव हुँदैन । स्वदेशी उद्योग प्रवद्र्धन गर्न सरकारले सहयोग गरेमा जनशक्ति पनि उत्पादन गर्न सक्छौं ।

विश्वज्योति प्रसाईः प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) सँग मिलेर दक्ष जनशक्ति तयार गर्ने हाम्रो योजना छ । अहिलेको जति नै थप जनशक्ति बजारलाई चाहिएको छ । एउटा कामदार दक्ष हुन ६ महीना तालीम लिनुपर्छ ।

ज्ञानेन्द्र दाहालः छाला–जुत्ता संघको पहलमा तीन वर्षअघि तालीम केन्द्र दर्ता गरेर काम थालेका थियौं । घरेलु विभागसँगको समन्वयमा त्यहाँका साधन उपयोग गरेर संघकै पहलमा केही जनशक्ति तयार गरेको भए पनि पछिल्ला दिनमा सरकारले सहयोग गरेन । अहिले किरण सूज र गोल्डस्टारको सहकार्यमा वार्षिक १२० जना जनशक्ति तयार गर्दैछौं ।

वासुदेव आचार्यः अहिले पनि हामीसँग २०० भन्दा बढी जनशक्ति छन् । १०० जनालाई त हामी आफैंले तालीम दिएर दक्ष बनाएका हौं । सरकारले सीटीईभीटीसँग मिलेर कोर्स चलाए धेरैले रोजगारी पाउने छन् ।

नेपाली जुत्ताको गुणस्तरबारे गुनासा छन्, अर्कातिर चिनियाँ जुत्तामा नेपाली लेबल लगाएर बिक्री गरेको सुनिन्छ नि ?

भीमलाल पौड्यालः मोडल र मूल्य अनुसार जुत्ताको गुणस्तर फरक हुन्छ । तर पनि गुणस्तरमा सुधार भइरहेको छ । गुणस्तरको आधारमा नेपाली जुत्ता सस्तो छ ।

विश्वज्योति प्रसाईः चिनियाँ जुत्तालाई नेपाली लेबल लगाइएको गुनासो आएपछि स्वदेशी जुत्ताको साझ टे«डमार्क बनाउन उद्योग विभागमा आवेदन दियौं । यसले नेपाली जुत्ताको गुणस्तर सुनिश्चित गर्छ । रु.१५०० मा वारेन्टी सहितको छाला–जुत्ता दिने संसारमा हामी मात्र हौंला ।

मनोज श्रेष्ठः ६ महीनाको आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएर बेच्छौं । नेपाली जुत्ताको ग्यारेन्टी यसैले पुष्टि गर्छ । एक पटक बेच्न गाह्रो हो, बिक्री भइसकेपछि ग्राहक दोहो¥याएर आउँछन् ।

शम्भु तिमल्सिनाः जुत्तामा वारेन्टी दिएर बेच्ने गरेकोले हाम्रा उत्पादन कमजोर नभएको पुष्टि हुन्छ । विदेशी जुत्तालाई नेपाली लेबल राखेर बेच्ने काम रोक्नुपर्छ ।

वीरमणि बज्राचार्य, प्रोप्राइटर, ह्युमेनफिट क्राफ्ट खुल्ला सीमाका कारण चोरी पैठारीको लेदर भित्रिएकोले प्रतिस्पर्धा गर्न अप्ठेरो परेको छ । नेपाली उत्पादनको गुणस्तर राम्रो छ ।

रविन श्रेष्ठः अन्य देशका भन्दा नेपाली जुत्ताको गुणस्तर मूल्यका हिसाबले राम्रो छ ।

रुद्र न्यौपानेः आम मानिसमा नेपाली जुत्ता आरामदायी, टिकाउ र सस्तो छ भनेर चिनाउन सक्नुपर्छ ।

सुरेन्द्र दाहालः मूल्य अनुसार जुत्ता राम्रा छन् । नेपालमा २ लाख ७५ हजार जनशक्ति जुत्ता उत्पादनमा सक्रिय छन् । अहिले सरकार राजस्वमुखी छ, जोरमा भन्सार मूल्य मूल्यांकन हुनुपर्नेमा किलोमा गरिएको छ, यसले नेपाली उत्पादनलाई नकारात्मक असर परेको छ । कच्चा पदार्थ र तयारी जुत्ताबीच भन्सार दर फरक भएकाले पनि स्वदेशी उद्योगी मर्कामा परेका छन् ।

जीवन श्रेष्ठः प्रक्रिया गलत हुँदा नकारात्मक असर पर्ने नै भयो ।

नवराज गौतमः मूल्य अनुसार नेपाली जुत्ता गुणस्तरीय छन् ।

उत्तम अधिकारीः लेडिज स्यान्डिलको उत्पादन र माग बढ्दो छ । फेन्सी लेडिज चप्पलको ७५ प्रतिशत स्थानीय उत्पादनले ओगटेको छ ।

वासुदेव आचार्यः जुत्तामा दिइएको वारेन्टीले आफ्नो खुट्टामा आफैं बन्चरो हानेको छ । विदेशी जुत्तालाई नेपाली लेबल दिनु नराम्रो होइन ।

कालिदास गोतामेः नेपालको खराब बाटोमा पनि ६ महीनाको वारेन्टी दिनुले प्रष्ट हुन्छ नेपाली जुत्ताको गुणस्तर । कलेक्टिभ टे«डमार्क भएपछि नेपाली जुत्ताको बजार विस्तार हुन्छ ।

ज्ञानेन्द्र दाहालः मूल्यका आधारमा गुणस्तर निर्धारण हुन्छ । कलेक्टिभ ब्रान्डले नेपाली उपभोक्ताको विश्वास जित्छ र विस्तारै विदेशी जुत्ता प्रतिस्थापित हुनेछन् ।

नेपाली जुत्ताको समस्या र अवसर के हो ? जुत्तामा ठूलो लगानी किन भित्रन नसकेको होला ?

सुरेन्द्र दाहालः राजनीतिक स्थिरता नभएसम्म यो क्षेत्रमा केही हुँदैन । सानो पूँजीवाला मात्र समावेश भएकाले नयाँ प्रविधि भित्रिएको छैन ।

भीमलाल पौड्यालः धेरै नेपाली जुत्ता उद्योग अहिले पनि नाफामा छैनन् । बजार भए पनि जुत्ताको लागत बढी हुँदा प्रतिस्पर्धा बढी र नाफा कम हुन्छ । नाफामा जान मास प्रोडक्सन चाहिन्छ ।

विश्वज्योति प्रसाईः जुत्तामा धेरै मार्जिन छैन । नेपालमा ठूलो लगानीका उद्योग छैनन् र लगानीकर्ता लगानी गर्न पनि तयार छैनन् । ब्याङ्कहरूले साना र मझैला जुत्ता उद्योगमा कम व्याजदरमा लगानी गरे नेपाली उद्योगको प्रवद्र्धन हुनेछ ।

मनोज श्रेष्ठः जुत्तामा अझै पनि नयाँ प्रविधि भिœयाउन सकिएको छैन । लगानीको सुनिश्चितता नभएकाले ठूला उद्योगी नआएका हुन् ।

शम्भु तिमल्सिनाः सरकारी नीति उद्योगमैत्री नभएर उद्योगको विस्तार नभएको हो ।

वीरमणि बज्राचार्यः अहिले ८० प्रतिशत भन्दा बढी काँचो छाला निर्यात हुन्छ र त्यही छाला अर्ध–प्रशोधनपछि भित्रँदा महँगोमा किन्नुपरेको छ । यसलाई रोक्न नेपालमै काँचो छाला प्रशोधन उद्योग स्थापना गर्नुपर्छ । पहिला बन्द भएको काँचो छालाको निर्यात अहिले खुल्ला बनाएकोले नेपाली व्यवसायी अप्ठ्यारोमा परेका छन् । काँचो छालाको निर्यात रोक्न सकेमा नेपाली उद्योगको प्रवद्र्धन हुन्छ ।

रविन श्रेष्ठः जुत्ता बनाउन गाई–गोरुको छाला आवश्यक पर्छ, जुन नेपालमा उत्पादन हुँदैन । नेपालमा प्रशोधित छाला उत्पादनका लागि अत्याधुनिक मशीन पनि छैन ।

रुद्र न्यौपानेः जुत्ता फेसनेबल आइटम भएकाले यसको डिजाइन र भेराइटी बदलिरहन्छ । जबकि एउटा मशीनले एउटा मात्र भेराइटी बनाउने हुँदा लागत बढ्छ । जुत्ता बनाउन ८० प्रतिशत हातकै काम हुने भएकाले लागत बढ्छ ।

सुरेन्द्र दाहालः पूँजी र प्रविधि अभावले गर्दा जुत्ता उद्योग विस्तार हुन नसकेको हो ।

जीवन श्रेष्ठः जुत्ता उद्योगमा लगानी गर्न तयार भएका ठूला उद्योगीहरू पर्ख र हेरको स्थितिमा छन् । वातावरण सुधार हुनासाथ उनीहरू यो क्षेत्रमा लगानी गर्न आउँछन् ।

नवराज गौतमः जुत्तामा म्यानुअल वर्क धेरै छन् । मशीनरी वर्क नभई मास प्रोडक्सन हुँदैन । मशीनरी काम भएको प्रविधि ल्याउन सकेमा उद्योगहरू फस्टाउँछन् ।

उत्तम अधिकारीः जुत्तामा ठूलो र बाहिरको लगानी नआएकोले विस्तार हुनसकेको छैन ।

वासुदेव आचार्यः उद्योगमैत्री हुनुपर्ने सरकारी नीति व्यापारमैत्री छ । जुत्ता कारखानाका लागि आवश्यक ३७ आइटममध्ये नेपालमा एक आइटम पनि छैन, जनशक्ति अभाव त छँदैछ । पूँजी र प्रविधिको पनि अभाव छ ।

कालिदास गोतामेः उद्योगको क्षमता बढाउन नसक्नुको मुख्य कारण कच्चा पदार्थ सहज रूपमा नपाउनु हो । भारत र चीनबाट कच्चा पदार्थ मगाएको दुई÷तीन महीनापछि मात्र आइपुग्छ । कच्चा पदार्थ पहिले नै किनेर राख्न पनि ठूलो पूँजी आवश्यक पर्छ । लगानीकर्ता हच्किनुको कारण यो पनि हो ।

ज्ञानेन्द्र दाहालः कच्चा पदार्थमा निर्भर हुनुपर्ने र सरकारको सहयोग नरहेकाले नेपाली जुत्ता उद्योग अप्ठ्यारोमा परेका छन् । बजारको अध्ययन र उपभोक्ताको रुचिका आधारमा उद्योग संचालन गर्नुपर्छ ।

comments powered by Disqus

रमझम