२० असोज २०७० | 29 September 2013

समयमा माछाको मःम

Share:
  

पर्यटकीय शहर पोखराको समय रेस्टुरेन्टमा एक वर्षदेखि माछाको मःम खूबै लोकप्रिय भएको छ । लेकसाइडको खौंपदीस्थित यो रेस्टुरेन्टका सुपरभाइजर विपिन राईले अरू चिजको मःम उति नखाने विदेशीहरूले पनि माछाको मःम खूबै रुचाएको बताए ।

दुई वर्षअघि व्यवस्थापन फेरिएको समयको स्पाइसी पोर्क, चिज आलु चप, मसला पापड कोन, ग्रिल्ड फिस, सलाद अराबिका, लेमन चिकन, बार्बीक्यूले देशी–विदेशी सबै पाहुनाको जिब्रो रत्याएको छ । यहाँ नेपाली र कन्टिनेन्टल खानाका सबै परिकार पाइन्छ । फेवा किनारको मनोरम स्थानमा रहेको रेस्टुरेन्टले हरेक शनिबार बोटिङको रमाइलो आयोजना गर्छ । ताल नियाल्दै परिकारको परख गर्न चाहने ग्राहकले रु.५०० देखि रु.८०० मा टेन्टको सुविधा पाउँछन् ।
माछाको मःम रु.१९०

स्पाइसी पोर्क रु.२८०

समय बफेलो विङस रु.२८०

चिज आलु चप रु.२९०

मसला पापड सलाद रु.१४०

ग्रिल्ड फिस रु.३४०

सलाद अराविका रु.२३०

लेमन चिकेन रु.३३०

फिस बार्बीक्यू रु.२९०

सम्पर्क फोन ९८१४१७६१३९

माधव बराल, पोखरा

comments powered by Disqus

रमझम