२० असोज २०७० | 29 September 2013

सेलोमा पीएचडी

Share:
  
- ऋषिराम कट्टेल

सिन्धुली भद्रकालीकी तुलसा वाइवा (३४) तामाङ सेलोकी लोकप्रिय गायिका हुन् । छेह्रेङ्गै छेह्रेङ्गै नामक अल्बम मार्फत गायनमा आएकी उनले इन्दिरा योञ्जनसँगको सहयात्रामा नाच्यो च्याङ्बा, सेलो संगम, चौबन्दी, मायाला चिनो, चलनचल्ती जस्ता अल्बम ल्याइसकेकी छन् । सेलोकै तोरतोर ल्हाला ह्रिन्हाङरी ले देश–विदेश पुर्यायो, उनलाई । नेपालीमा स्नातकोत्तर तुलसा भन्छिन्, “यसको गहिराइमा पुगेर अध्येताहरुको लागि समेत अभिलेख तयार पार्न यसमै पीएचडी गर्न लागेकी हुँ ।”

उनका अनुसार, सेलोमा मायाप्रीति र मेला पर्वका कुरा मात्र हुँदैन ऋतु वर्णन र तामाङ समुदायका जन्मदेखि मृत्युसम्मका संस्कार पनि समेटिएको हुन्छ । नेपाली समाज आधुनिकतामा अभ्यस्त हुँदै जाँदा सेलोको मौलिकता गुम्दै गएको उनको विश्लेषण छ । तुलसाका अनुसार अहिले असली तामाङ सेलो ताम्बा (तामाङ इतिहासकार) को मुख सीमित हुन पुगेको छ । “त्यसकारण मौलिक सेलो गाउने र यसको अध्ययन गर्न चाहनेहरुले अब पुराना तामाङ वस्तीहरुमा पुगेर मात्र नहुने भएको छ” तुलसा भन्छिन् ।

comments powered by Disqus

रमझम