३ कात्तिक २०७० | 20 October 2013

९० वर्षअघिको दशैं समाचार

Share:
  
- दीपक अर्याल
नौ दशकअघिको गोर्खापत्र बाट पनि बुझ्न सकिन्छ हाम्रो धार्मिक परम्परा र त्यससँग गाँसिएका सांस्कृतिक तथा सामाजिक सम्बन्ध ।

इतिहासकार योगेशराजले महारोगी सम्बन्धी एउटा अनुसन्धानमा सरकारी रेखदेखमा रहने कुष्ठरोगीलाई बडादशैं र चैतेदशैं गरी सालको दुई पटक एक–एक जोर लुगा दिने चलन रहेको उल्लेख गरेका छन् । यसै कार्यक्रम अन्तर्गत विसं १९८० को दशकमा ‘कोरीषाना’मा रहेका प्रत्येकलाई छिट कपडा ५ गज, चोलोको कटन कपडा १ गज, चोलोको भित्री कपडा १ गज र ७ गज लामो कोराको पछ्यौरा गुठीका हाकीमले बाँड्ने चलन रहेछ । यसबाट दशैंमा नयाँ कपडा प्रयोग गर्ने चलनलाई सरकारले पनि मान्यता दिएको देखिन्छ । त्यसैगरी दशैंमा नयाँ कपडा कित्रे, मीठो खाने सांस्कृतिक परम्पराका राजनीतिक, सामाजिक वा ऐतिहासिक कारण खोतल्न त्यति सजिलो छैन । यस विषयमा गोर्खापत्र ले धेरै नबोले पनि दशैं मनाउन कसरी उत्प्रेरित गरिन्थ्यो वा दशैंको समयमा तत्कालीन समाजले के गथ्र्यो भत्रे चाहिं गोर्खापत्र का समाचार केलाउँदा थाहा पाइन्छ ।

१९५८ देखि १९९० सालसम्म प्रकाशित गोर्खापत्र का केही अङ्कमा प्रकाशित धार्मिक, सांस्कृतिक चाडपर्वका समाचार वा लेखमा खास विशेषता भेटिन्छन् । गोर्खापत्र ले १९८७ सालसम्म सबै खालका हिन्दू धार्मिक वा सांस्कृतिक कार्यक्रमलाई उत्तिकै महŒव दिएर समाचार बनाएको छ । १९८७ पछि भने गोर्खापत्र अचानक फेरिन्छ र भगवती, लक्ष्मीका जिङ्क ब्लकबाट उत्पादित स्केच सहित बडादशैं र तिहारका विषयमा समाचार, लेख र कविताका अतिरिक्त स्तुति, पाठ समेत दिएको पाइन्छ ।

धार्मिक वा सांस्कृतिक अनुष्ठानको परिचय दिने र व्याख्या गर्दै ऐतिहासिक पुष्टि गर्न गोर्खापत्र का पानाले नेपालको धार्मिक परम्परा मात्र होइन त्यससँग गाँसिएका सांस्कृतिक तथा सामाजिक सम्बन्ध बुझन सघाउँछ । दशैं कसरी मनाइन्छ भत्रे जानकारी दिंदै गोर्खापत्र (२७ असोज १९८७) मा लेखिएको छ– ‘हाम्रा नेपालमा पनी यो दशैंको चाड धनी गरीब ठूला साना सबैले आफ्ना शक्ति गच्छे अनुसार बडो श्रद्धासाथ मान्ने गर्दछन् । यो पर्व मात्र मनाउनका लागि दुनञाँदार गरीबहरूले छ छ महिना अघिदेखी नै पनी चाहिने खर्च वर्च, मालमत्ता, लुगा­फाटा, खाने पिने चीज वस्तुको यथाशक्य जोगो गरेर पनि यस वखतमा बहुतै आनन्दपूर्वक चाड मनाउने गर्दछन् । पहिले जोगो गरी जोर्जम्बा गर्न नसक्नेले पनी ऋण धन गरेरै भए पनी जोर्जम्बा गरी सबै जहान भेला भै यस वखतमा खान­पिन गरी दुःख बिर्सी आनन्द मनाउने गर्दछन् ।’ यसको अर्थ आजभन्दा ८० वर्ष पहिले पनि नेपालीको दिमागमा दशैंका वेलामा ऋण–धन गर्ने, मीठो खाने र राम्रो लगाउनुपर्छ भत्रे थियो । यस्ता सन्देश कति नेपालीले पढ्थे वा त्यस अनुसारको व्यवहार गर्थे भत्रे अनुमान गर्न नसकिए पनि दशैं संस्कृति अहिलेको अवस्थामा पुग्नु सर्वथा नौलो र अनौठो भने होइन ।

दशैंकै अवसरमा मनोरञ्जनका अतिरिक्त व्यापार र कारोबार बढ्ने कुरालाई पनि गोर्खापत्र ले उल्लेख गरेको छ– ‘मालतालहरूका खरीद­बिक्री सट्टापट्टा लेनदेन व्यवहार पनी हुनसम्मको हुन्छ ।’ यसले दशैंको महŒवलाई आफ्ना मान्यजनबाट टीका थाप्ने पारिवारिक जमघटका रूपमा व्याख्या गर्दै ‘श्री ३ महाराजका परम पवित्र प्रतापशाली बाहुलीबाट श्रीनवदुर्गाजीको प्रसाद धारण गर्न र आशीर्वादादि लिन समेत पाई आफूलाई धन्य धन्य र कृतकृत्य हुन पाञिन्छ’ भत्रे जानकारी पनि दिन्छ । यसले दरबारमा टीका प्रसाद ग्रहण गर्ने परम्पराको निरन्तरताको प्रमाण दिन्छ ।

दुई वटा दशैंको तुलना गर्ने हो भने असोज कात्तिकको दशैंलाई प्रकृति तथा ऋतुसँग बढी जोडिएको छ भने चैतेदशैंमा रामको गाथा गाएको भेटिन्छ । तथापि नेपालका सन्दर्भमा दशैंको विशेष महŒव छ भत्रे बुझउन गोर्खापत्र ले कसर बाँकी राखेको छैन । हुन त गोर्खापत्र लाई मात्र हेरेर वा पढेर अहिलेको समाजले खोज्ने प्रश्नको धेरै उत्तर पाउन गाह्रो छ । तथापि गोर्खापत्र ले शुरूका वर्षमा दशैंका विषयमा लेखेका सामान्य समाचार र पछिल्लो समयमा दिएको व्यापकताका कारण के थिए होलान् भनेर प्रश्न गर्न मिल्ने ठाउँ भने छोडेको छ ।

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय ।)

comments powered by Disqus

रमझम