सोनाम, श्यामसहित त्यहाँ रहेका चार जना र्याआफ्टिङ बोट लिएर नदीतिर दगुरे । बस नदीमा झरेको करीब दुई मिनेटपछि नै उनीहरू दुर्घटनास्थल पुगिसकेका थिए ।
सोनामले नदीमा उत्तानो परेर डुब्न लागेको बसको चक्का मात्र देखे । त्यहाँ ५–६ जना अरू मान्छे पनि देख्दा सोनामले उनीहरू पनि उद्धारका लागि आएको ठाने । तर, उनीहरू झ्यालको शिशा फोडेर निस्किएका दुर्घटनाग्रस्त बसकै यात्री थिए । सोनाम भन्छन्, “उनीहरूमध्ये कोही घाइते थिए, कोही आफन्त बसभित्रै रहेको भन्दै विलाप गरिरहेका थिए ।”
उद्धार गरिएकालाई किनारामा निकाले पनि केहीको उपचार अभावमा ज्यान गएको उनी बताउँछन् । नदीबाट ३०० मिटर जति उँचाइमा रहेको सडकसम्म घाइतेलाई तत्कालै पुर्याउन नसकेको उनको भनाइ छ ।
सात वर्षदेखि र्यामफ्टिङ गाइडको रूपमा कार्यरत सोनाम एक्लैले बसभित्र बेहोश भएका र बग्दै गरेका १५ जनालाई किनारामा निकाले । थोरै मात्र ढिला हुँदा समेत धेरैको ज्यान जाने अवस्था थियो । उनी भन्छन्, “अहिले सम्झिँदा सपना जस्तो लाग्छ ।” आफूले उद्धार गरेर बचाएका घाइते भेट्न सोनाम २० कात्तिक दिउँसो धुलिखेल अस्पताल पुगेका थिए । सुनकोशी नदी आसपास ७० भन्दा बढी र्यानफ्टर छन् । सिन्धुपाल्चोककै बलेफी गाउँपालिका–४ का सोनामको घर सुनकोशी खोला छेउमा छ । कक्षा १० पढ्दापढ्दै उनी सुनकोशी खोला किनारको रिभर वे मा र्याफ्टिङ गाइड काम गर्न थालिसकेका थिए । “एसएलसी परीक्षा दिन पनि म र्या फ्टिङ बिसाएरै गएको थिएँ”, उनी भन्छन् ।
२०७४ सालदेखि भने सोनाम सुकुटे बिच मा कार्यरत छन् । एकपटक र्या फ्टिङ गराउँदा उनले दुई हजार रुपैयाँ पाउँछन् । नियमित तलब भने छैन । यो काम शुरू गर्नुअघि उनले प्राथमिक उपचारको तालिम लिएका थिए । उद्धार र उपचारको तालिम सबै र्याफ्टरहरूले पाए यस्ता विपत्तिमा उद्धार गर्न सहज हुने उनको भनाइ छ ।