३ कात्तिक २०७० | 20 October 2013

सहारा

Share:
  
- यादव देवकोटा

“उमेर घर्किंदै गएपछि लौरोले मात्रै भर नदिंदो रहेछ, छोराछोरीको सहाराको आशा बढी हुने रहेछ”, एकसाँझ् फोनमा बुबाले भन्नुभयो, हिक्का छोडुँला झैँ गरेर ।

“बुबा म हिंड्छु नि”, थर्थरी कामिरहेका खुट्टाले भुईंमा टेक्दै भनें, “तपाईंको काँध गल्यो होला ।”

तीनदिनसम्म हनहनी ज्वरोले थलिएपछि एकाबिहानै काँधमाथि राखेर हटिया लैजाँदै हुनुहुन्थ्यो बुबाले मलाई । तालखोला तरेर घोप्टेको उकालो चढ्दा टाउको रनन्न पार्ने गरी घाम चर्किसकेको थियो । खल्खली पसिना निकाल्दै उक्लने क्रममा बुबाले एक पटक खुइय गर्नुभएको थियो । हाम्रो अघि–अघि एक वृद्धा लौरो टेकेर उकालोमा घिस्रिरहेकी थिइन् । लाग्थ्यो, त्यो उनको जीवनको अन्तिम उकालो हो ।

हटियाको खनाल डाक्टरले जाँचिवरी औषधि दिए । ती एचए पनि थिए कि थिएनन्, तर खनाल डाक्टरको नामले प्रख्यात थिए । तिनले दिएको एक बिर्को औषधि स्वाट्ट पारेपछि शरीरबाट पसिनाको धारो छुट्यो । केही क्षणमै शरीर कपास झैँ हलुको भएजस्तो लाग्न थाल्यो । एक बिर्को रातो झेलले त्यो दिनको ज्वरोको सातो उडाउने खनाल मलाई संसारको सबैभन्दा ठूला डाक्टर लागे । बुबाले अस्कोटको भित्री गोजीमा जतनले पट्याएर राखेका केही नोट निकालेर बुझउनुभयो ।

त्यसपछि छेउको पसलमा केही पुरिया बिस्कुट र भित्र कोदाको गेडा भएको एकमुठी पिपलमेट किन्नुभएको बुबाको काँधमा फेरि सवार भएँ, म । तालखोला झ्रेपछि बुबाले अस्याङ्ग पाखातिर हेर्दै साह्रै सकसको खुइøय गर्नुभयो । मलाई उहाँको साह्रै माया लाग्यो र भनें, “बुबा म हिंड्छु नि !”

“बिमार परेको वेला हिंड्दा खुट्टा काम्छ, लडिन्छ”, बुबाले भन्नुभयो, “मान्छे कमजोर भएपछि लौरोको सहारा खोज्छ । त्यसले पनि भरोसा दिन छाडेपछि मान्छेको सहाराको आशा गर्छ ।”

मैले बुबाको कुरा उति बुझ्निँ । अघि घोप्टेको उकालोमा देखेको आमैलाई लौरोले सहारा दिएको चाहिं राम्रै गरी बुझें ।

बुबा बिहान झ्सिमिसेमै उठ्नुहुन्थ्यो । अहिले पनि मैले आँट्न नसक्ने गाग्री लिएर सिस्नेरीधारा जानुहुन्थ्यो । नुवाईधुवाई पछि पानी बोकेर फर्किएपछि भकारो सोहोर्ने, भैंसी दुहुने र बाख्रा निकाल्ने काम सक्नुहुन्थ्यो । त्यसपछि तमाखु र एक गिलास चिया सुक्र्याएर घाँस काट्न निस्कनुहुन्थ्यो ।

मलाई अझै सम्झ्ना छ– दुवैतिरबाट बाटो छोप्नेगरी हुर्किएका घाँस र धानका बोटमा लछप्पै शीत भिजेको हुन्थ्यो । बुबा हुनुहुन्थ्यो खाली खुट्टा शीतले डामिंदै घाँसको भारी खेप्ने पहिलो घाँसी । म बुबाको पछिपछि जान्थें अनि काफलघारीको डिलमा बसेर बोलाइरहन्थें उहाँलाई । आमा बिरामी हुनुहुन्थ्यो । समातेर घरमा राखिदिने कोही हुन्थेन । घाँसको भारी बोकेर फर्कंदा म रोइरहेको भेटेपछि घकल्सिदै भन्नुहुन्थ्यो आफैंसँग, “बालखाले सहारा पनि पाएन । कस्तो कर्म लिएर आएछु, धिक्कार होस् ।”

म दश वर्षको हुँदा बुबा भारत जानुभयो, बयालीस वर्षको उमेरमा । त्यो समय हाम्रो समाजमा मतवाली र दलित मात्र ज्यामी बन्न परदेश जानेमा दरिएका थिए । जमीनदारको छोरा भए पनि आमाको उपचारमा अंश बेच्दाबेच्दै निख्रेकोले बा विदेशिनुभयो । त्यसपछि मैले जानें, बुबाको अभिभावकत्वको महŒव । दश वर्ष भारत बसेर बा फर्किएको र एसएलसी परीक्षा सकेर म घर आएको दिन एउटै परेको थियो । बा गोजीमा केही हजार भारु र फोक्सोभरि निकोटिनको खात बोकेर आउनुभएछ ।

निकै फराकिलो आँगन भएको हाम्रो मूल घर तीनतले थियो । मेरी हजूरआमा पिंढीनेरको फलैंचाको डण्डीमा हातमाथि च्यापु राखेर एकतमासले पारि मन्सुली (मनास्लु) हिमालतिर हेर्दै बसिरहनुहुन्थ्यो । बिहान मन्सुलीको चुचुरोमा तमाखु तानेर बुबाले फालेको धूवाँ झैँ लाग्ने वाफ उडिरहेको हुन्थ्यो । म सोध्थें, “हजूरआमा हजूरबा खै ?”

हजूरआमा नसुने झैँ गर्नुहुन्थ्यो । म जिद्दी गर्थें । बालहठसँग हारेर उहाँ भन्नुहुन्थ्यो, “देउताको घर जानोइच !”

“कहाँ हो हजूरआमा देउताको घर ?”

मन्सुली हिमाल देखाउँदै उहाँ भन्नुहन्थ्यो, “देखिनस् ऊ त्यो हिमालाँ हजूरबाले हुटुटु गरेर धूवाँ फाल्नोअको ?”

बुबा भारत जानुअघिको एउटा साउनेझ्रीको दिन हजूरआमा बिरामी पर्नुभयो ।

“जा तेरो बाउलाई बोला । अब तिनेरुले सहारा नदिई म उठ्न सक्दिनँ ।”

त्यसको केही दिनमा हजूरआमाको वाक्य बस्यो । तुलसीमठमा जलपानी खुवाएर जलाशय लाने भन्दै घरबाट निकालिएकी हजूरआमा कहिल्यै फर्कनुभएन । मलाई चाहिं उहाँ फर्कनुहोला र पिपलमेट दिनुहोला भन्ने लागिरह्यो । एकदिन रुँदै सोधें बुबासँग, “हजूरमा खोइ ?”

हजूरआमाकै शैलीमा बुबाले भन्नुभयो, “देउताको घर जानोइच ।”

“कहाँ हो बुबा देउताको घर ?”

“मन्सुली हिमालाँ । भो नरो, भोलिभोलि हजूरआमाले पापा लिएर आम्नोन्च बाबुलाई ।”

लडाईंकालमा हाम्रा एक जना दाजु मारिए प्रहरीबाट । बुबा भारतमा हुनुहुन्थ्यो । म मलामी जानुपर्ने भयो, धर्मती (दरौंदी) मा । नदी किनारमा दाजुको चिता जलिरहेको ठाउँ देखाउँदै ठाइला काकाले भन्नुभयो, “हजूरबा, हजूरमाकै ठाउँमा परेछ उसको पनि चिता ।”

मेरा हजूरबा र हजूरमा त कैले–कैले धर्मतीको किनारमा पोलिएर खरानी पो भइसकेका रहेछन् । देउताको घर, मन्सुली हिमाल र पापा ल्याउने कुरा झुटोो रहेछ ।

लडाईंको समयमा हुक्र्यौला छोराछोरी गाउँमा राख्नै सकेनन् कसैले । कोही बन्दूक समातेर हुरीको गीत फलाक्न बत्तिए । कोही बन्दूकको दोहोरीमा परिने डरले शहर भासिए । लडाईंको खाल उठ्दा पनि तन्नेरीहरू गाउँ फर्केनन्, बरु राजधानीबाट अरू थुप्रै–थुप्रै देशको राजधानी ताकेर बत्तिए । गाउँमा मान्छे मर्दा लास उठाउने पाखुरी पुग्नै छाड्यो । बिरामी हुँदा अस्पताल पु¥याउने काँध पाइन छाड्यो । अब त मेरा बुबा पनि बूढो भइसक्नुभयो । सत्तरी वर्षको बूढो हड्डी खियाएर बाँचिरहेछन् बूढा ज्यामी ।

हिजोआज जब घर गएर फर्कने तरखर गर्छु, साह्रै निरीह भएर हेरिरहन्छन् । पछ्याउँदै आउन पनि सक्दैनन्, मैले सानोमा तिनलाई पछ्याए झैँ । साह्रै निरीह र उदास भएर खोबिल्टाभित्र हराउन थालेका चिम्सा आँखाहरूले हेरिरहन्छन् म फर्किएको । सानोमा जब म रुँदै पछ्याउँथें, उनी हातको बूढीऔंला दिन्थे र डोर्याउदै लैजान्थे । तर, म दिन सक्दिनँ बूढीऔंला र भन्न सक्दिनँ– ‘आउनोस्, समात्नोस् ।’ तिनको निरीहताले दुखेर मनभित्र हजार ठाउँमा भाचिंदै फर्कन्छु म ।

काठमाडौं बसेर प्रगति केही छैन । अलिकति पनि आडभरोसा दिन सकेको छैन, बा–आमालाई । घर गएको वेला मलाई लोभ्याउन बुबा भन्नुहुन्छ, “खेती गर्न छाडे सबैले । आलु रोपे पनि पैसा आउँछ, काउली रोपे पनि । करेसाबारी बाँझे राखेका गाउँलेहरू अरबबाट छोराले पठाएको पैसा बोकेर ‘साइला बा तरकारी किन्न आ’को’ भन्दै आउँछन् । तँ यहाँ बसेर मन लगाएर तरकारी खेती गरिस् भने वर्षको दुई–तीन लाख चोखो कमाइ हुन्छ ।”

हुन पनि, बुबाले तरकारी बेचेरै वेलावेला आठ–दश हजार थमाइरहनुभएको छ मेरो हातमा । सत्तरी पुगेका बाले पहाडमा माटो खोस्रेर दिएको रकम ल्याएर म काठमाडौंमा घरबेटीलाई बक्यौता भाडा बुझउँछु ।

हिजोआज सडक किनारको बूढो रूख देख्दा पनि भित्रैबाट मन पोलेर आउँछ । हिमालमा उडिरहेको वाफ देख्दा पनि थुरुरु काम्ने गरी डर लाग्छ । हिउँ निख्रिएर जङरङ्ग परेको पखेरो जस्तो उराठ मन्सुली हिमाल आँखामा नाचिरहन्छ । घर जाँदा–आउँदा त्यही धर्मतीको किनारा छेउको बाटो हुँदै गुज्रनुपर्छ । त्यसै हल्लाइदिन्छ हिजोआज धर्मतीको बगरले पनि । त्यसै तर्सन्छु बाटोमा हुक्का तान्दै गरेका मानिसहरू देखेर । सिंगै आकाश भएर अडिन्छन् उनी आँखाभरि । सिंगै धरती भएर उभिन्छन् मनभरि । जता गए पनि देखिरहन्छु बुढ्यौलीले निचोरेको मेरा बाको अनुहार ।

दिनदिनै साह्रै मायालाग्दो हुँदै गएका छन् उनी । म झ्न्झ्न् सम्झ्न थालेको छु हजूरबाको किस्सा, हजूरमाको किस्सा, देउताको घर, मन्सुली हिमाल, हुक्काबाट उडिरहेको वाफ र धर्मतीको बगर ।

सहारा देऊ भन्न नसकेर घकल्सिंदै बुबाले फोन गरेको रातभर आँखा फिटिक्कै जोडिएनन् । फिल्मको रिल झैँ मनभरि घुमिरहे पुराना दिनहरू । बाले मेरा लागि पूरा जीवन लगानी गरे । त्यो सबै गर्दा मनभरि एउटा भरोसा रहेछ– बुढ्यौलीमा छोराले आडभरोसा देला र अड्याउला कतै न कतै । अब त सक्दिनँ भन्ने लागेको दिनसम्म पनि छोराको आड नपाएपछि जीवन सारा दुःखका हिक्का बोलेका रहेछन् । मागेका रहेछन् मेरो साथ, मेरो सहारा ।

रात निख्रने वेला निन्द्राले छोपेछ । सपनामा देखें, धर्मतीको दलदलमा फँसिरहेका मेरा बा सहाराको लागि मतिर हात दिइरहेछन् । म रुँदै गएँ उनलाई दलदलबाट निकाल्न । उनको हात समात्नै लाग्दा झ्सङ्ग बिउँझ्नि पुगें । बाहिर कागहरू होहल्ला गरिरहेका थिए ।

comments powered by Disqus

रमझम