३ कात्तिक २०७० | 20 October 2013

अध्ययनमा खुशी

Share:
  

मीनरत्न बज्राचार्य
जावलाखेलबाट पुल्चोक आउने सडकमा एनसेलको पछिल्लो विज्ञापन प्रवद्र्धनको अभियान ‘माई–५’ अन्तर्गत पेश गरिएको ठूलो विल बोर्डमा देखिनेमध्येकी एक हुन्, २२ वर्षीया सुनैना राणा ।

सुनैनाले बाल्यकालको धेरै समय देश बाहिर बिताइन् । कक्षा १२ सम्म अजमेर (भारत) को मेयो कलेज गल्र्स स्कूल पढेकी उनले गत वर्ष मुम्बईको सेन्ट जेभियर्स कलेजबाट मास मिडियामा स्नातक गरिन् । स्कूले जीवनमा हकी खेलको स्टार रहेकी सुनैनाले राष्ट्रियस्तरको इन्डियन पब्लिक स्कूल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । यसरी खेलकूद छात्रवृत्ति समेत पाएकी उनले कलेजपछि चर्चित फेशन म्यागजिन ऐल को मुम्बई अफिसमा काम गरिन् । त्यसपछि स्वदेश फर्केकी उनी मिडिया मार्केटिङ र फेशनको दुनियाँमा सक्रिय छिन् । उनका लागि मिडिया मार्केटिङ तत्काललाई पेशा हो भने फेशन समाजसेवा ।

मुम्बईबाट काठमाडौं आएलगत्तै बहुराष्ट्रिय विज्ञापन एजेन्सी जेडब्लु थमसनको थमसन नेपालमा काम थालेकी सुनैना मिडिया कन्सल्ट्यान्सीसँगै च्यारिटी फेशन शोहरूमा सहभागी हुन्छिन् । काठमाडौंस्थित भारतीय महिलाहरूको संस्था भारतीय महिला संघले सामाजिक सेवाका निम्ति गत साता गरेको ‘च्यारिटी बजार’ नामक कार्यक्रममा उनी दक्षिण एशियाका परम्परागत पहिरनहरूमा प्रस्तुत भइन् ।

हँसिली सुनैनाका लागि पुस्तकहरू खुशीको स्रोत हुन् । किताब पढ्दा उनलाई सबभन्दा आनन्द लाग्छ । विश्व भ्रमण उनको अर्को ठूलो चाहना हो । “त्यसपछिको खुशीको लागि म स्वदेशमा त्यस्ता काम गर्न चाहन्छु, जसले देशको चौहद्दी पार गरोस्”, सुनैना भन्छिन् । –तृष्णा

comments powered by Disqus

रमझम