३ कात्तिक २०७० | 20 October 2013

गीत

Share:
  

प्रतिमा विवश राई

मनको मैलो फ्याँक्न सके देवता पुज्नु पर्दैन

आफैंभित्रको देव चिने मन्दिर धाउनु पर्दैन ।

खुशी दिन नसक्नेले दुःख नदिए पुग्छ

बैगुनीलाई गुन गरे उसको शिर झुक्छ ।

निर्दोष बन्न कसैलाई दोष नदिए जाती

स्वच्छ मन हुनेहरू पुग्छन् माथि माथि ।

comments powered by Disqus

रमझम