३ कात्तिक २०७० | 20 October 2013

गजल

Share:
  

ज्ञानुवाकर पौडेल

मेट्न कसैले यहाँ कसैको नाम भएन

गतिलो तिम्ले’नि गरेको कुनै काम भएन

जता हेर्यो उतै देख्छु अचेल रावण मात्रै

सीतालाई बचाउन यहाँ एउटा राम भएन

ठानेथें शुभचिन्तक मैले जसलाई आफ्नो

फिर्ता उसैबाट किन मेरो दाम भएन

लिन्थें आराम एकछिन सुस्ताउन पाए कतै

उपलब्ध मलाई यहाँ त्यस्तो कुनै ठाम भएन

न छाड्छ गर्जिन बादल न दिन्छ साथ मौसमले

मेरा लागि न्यानो कहिल्यै त्यो घाम भएन

पोखूँ म कहाँ अव्यक्त प्रेमका यी भावहरु

पठाउँ भने पनि तिम्लाई सुन्दर खाम भएन ।

comments powered by Disqus

रमझम