१० कात्तिक २०७० | 27 October 2013

ब्लग

Share:
  
- गणेश आचार्य
कुनै बेला ब्लगरकै लागि पनि गतिलो स्रोत बन्न सक्ने इन्टरनेटमा जोडिएको खुला डायरी हो– ब्लग ।

इन्टरनेटमा राखिने ब्लग व्यक्तिगत रेकर्ड वा वेबसाइट हो । संस्थागत वेबसाइट बनाउन डोमेन (डट कम भन्दा अगाडिको नाम, जस्तैः himalkhbar, nepalihimal र त्यसको वेब स्पेसका लागि पैसा तिरिरहनुपर्छ, तर ब्लग निःशुल्क हो । सित्तैंमा ब्लग बन्छ भने किन पैसा तिरेर वेबसाइट बनाउने त भन्ने प्रश्न उठ्न सक्छ । वेबसाइटमा आफूले चाहेको डोमेन नेम हुन्छ । उपलब्ध भएसम्म जे नाम पनि डोमेन नेममा रजिष्टर गर्नुपर्छ– जस्तै, nepalitech.com, himalprabidhi.com । ब्लगमा जुन प्रोभाइडरको ब्लग बनाइएको हो उसैको नाम डोमेनमा जोडिएर आउँछ । जस्तै, nepalitech.wordpress.com, himalprabidhi.blogspot.com । पैसा तिरेर ब्लगलाई आफूले चाहेको डोमेन नेम दिन नसकिने भने होइन ।

युट्यूबमा बनाउने तरीका दिइएको हुन्छ । त्यसबाहेक वेबसाइट प्रयोगबाट पनि ब्लग बनाउन सकिन्छ । अहिले संसारभर चलेका ब्लगहरू वर्डप्रेस वा ब्लगस्पटमा बनाइएका हुन् । तपाईं पनि wordpress.com, blog.com, blogspot.com, webnode.com जस्ता वेबसाइटहरूमा एकाउण्ट खोलेर आफ्नो व्यक्तिगत वेबसाइट वा ब्लग बनाउन सक्नुहुन्छ । एकाउण्ट खोलिसकेपछि आउने सेटिङ्गहरू प्रयोग गरेर अक्षर, तस्वीर वा भिडियोहरू त्यहाँ अपलोड गर्न सकिन्छ, ब्लगको लुक र रंग परिवर्तन गर्न सकिन्छ । यसका लागिः

www.wordpress.com मा गएर आफ्नो चलिरहेको इमेल एड्रेस प्रयोगबाट नयाँ एकाउण्ट खोल्नुहोस् । एकाउण्ट खोल्दा साँचो जानकारीहरू मात्र राखेर आफूले सम्झन सजिलो र अरुलाई पनि याद हुने खालको डोमेन नेम बनाउनुपर्छ । एकाउण्टमा सबै जानकारी भरिसकेपछि ब्लग क्रियट गर्नुस् ।

अब तपाईंको इमेलमा ब्लग भेरिफाइ गर्ने म्यासेज आउँछ । ब्लग भेरिफाइ गरेपछि आफ्नो ब्लगमा जान सक्नुहुन्छ । ब्लगमा तपाईका कुराहरू राख्न त्यसको ड्यासबोर्डमा जानुहोस् र ब्लग एड्रेस पछाडि र wp-admin लेखेर इन्टर गर्नुस् । जस्तै, www.himalprabidhi. केही लेख्ने भए ब्मम एयकत र फोटो वा भिडियो राख्नेभए Add Post मा गएर अपलोड गर्न सक्नुहुन्छ । अक्षर डिजाइनका लागि साधारणतया अफिस प्याकेजमा जस्तै सुविधा छ । रुपरंग परिवर्तनका लागि Appearance मा गएर The Me, Colour जस्ता सेटिङ्ग चलाउनुहोस् र दाहिनेतिर माथिको एगदष्किज बटन क्लिक गरेर इन्टरनेटमा जोडिनुहोस् । अब साथीहरूलाई आफ्नो ब्लगको ठेगाना दिन सक्नुहुन्छ । जस्तै, www.gacharyajee.wordpress.com ।

व्यक्तिका कलाकृति, लेख–रचना, फोटो वा भिडियोहरू सामाजिक सञ्जालमा पनि राख्न सकिन्छ, तर एकै ठाउँमा सबैले हेर्न मिल्ने सबभन्दा राम्रो, सजिलो र आकर्षक ठाउँ ब्लग नै हो । सामाजिक सञ्जालमा न धेरै अक्षर लेख्न सकिन्छ न त फरक–फरक डिजाइन गर्न । आफ्ना सम्पूर्ण कुरा राख्न नपाइने सामाजिक सञ्जालमा ती सेवा प्रदायकहरूले सेन्सर पनि गरिरहेका हुन सक्छन् ।

ब्लगमा कतै छापिन नपाएका तपाईंका लेख–रचना र व्यक्तिगत वा पारिवारिक इतिहास मनमा भए जस्तै (सम्पादकको सम्पादन विना, कुनै प्रदायकको सेन्सर विना) गरी हुबहु राखेर अरूले देख्न सक्ने बनाउन सक्नुहुन्छ । त्यसो भन्दैमा जे मन लाग्यो त्यही र जस्तो पायो त्यस्तै कुरा ब्लगमा राख्नुहुन्न । अश्लील र अपाच्य सामग्री राख्नुभयो भने तपाईं ‘ट्रेस’मा पर्न सक्नुहुन्छ । त्यसपछि आउन सक्छ– सामाजिक बेइज्जती र कानूनी कारबाहीका कुरा ।

सदुपयोग चाहनुभयो भने चाहिं तपाईंको ब्लग अरु कसैका लागि मात्र नभई आफैंलाई पनि एकदमै महत्वपूर्ण स्रोत हुन सक्छ । कुन मूडमा आज लेखेको ब्लग २० वर्षपछि पढ्दा लाग्ने आनन्दको कुरै अर्को !

comments powered by Disqus

रमझम