१७ कात्तिक २०७० | 3 November 2013

घाँसको चटारो

Share:
  

शब्द/तस्वीरः रूपा जोशी

जिल्ला पशु सेवा कार्यालय, जुम्लाका अनुसार जिल्लामा अहिले ७१ हजार स्थानीय गाई, ७०० विकासे गाई, ३ हजार ८०० भैंसी, ६४ हजार भेडा, ८९ हजार बाख्रा र ५ हजार ९०० घोडा/खच्चड छन्। यीमध्ये धेरैजसो बस्तुहरू फागुन–चैतदेखि असोज–कात्तिकसम्म चरनमा रहन्छन् भने हिउँले ढाक्ने चार महीना घर वा गोठमा बस्छन्। यो अवधिमा नल वा परालले छोप पनि नपुग्ने हुनाले घाँस सुकाएर राख्नुको विकल्प हुँदैन। र अहिले धान थन्क्याउनेसँगै घाँस काटेर सुकाउने चटारोमा छ– जुम्ला।

पशुधन बचाउने घाँसको जोहो त्यति सजिलो छैन। यसलाई जेठ–असारदेखि नै ठाउँ–ठाउँमा संरक्षण गरेर राख्नुपर्छ। अनि त्यसलाई कात्तिकमा ठिक्क छिप्पिएपछि काटेर घाममा हल्का सुकाउनुपर्छ। त्यसपछि त्यसलाई बटारेर पोका पार्दै कुनिउँमा राखेर हिउँ र पानीबाट जोगाउन छोपछाप गर्नुपर्छ। यही घाँसलाई अड्कली–अड्कली हिउँदभर पुर्‍याउनुपर्छ। हिउँदमा थोरै भए पनि हरियो घाँस पाउने भेडा मात्र हो, जसलाई डाँडाका खसु्र छाँसेर खुवाइन्छ।

रमणीय जुम्ला।

comments powered by Disqus

रमझम