केही वर्षयता नेपालमा सामाजिक सञ्जालको प्रयोग बढिरहँदा यसका प्रकृति र असरबारे बहस जरुरी भइसकेको छ । सामाजिक सञ्जालमा आम मानिसको संलग्नता अन्य माध्यममा भन्दा धेरै गुणा बढी छ । पाँच वर्षयताकै अवस्था अध्ययन गर्दा नयाँ र पेचिलो मुद्दा बनिरहेको सामाजिक सञ्जाल विश्वकै विद्यमान सामाजिक अवस्था परिवर्तनको दिशामा अग्रसर रहेको देखाउँछ ।
खास गरी सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनाव र त्यसपछि अमेरिकाको सत्ता सम्हालेका डोनाल्ड ट्रम्प यसका कारक देखिन्छन् । यस पृष्ठभूमिको आधार सन् २०१६ मा विश्वप्रसिद्ध अक्सफोर्ड शब्दकोशमा समावेश गरिएको एउटा शब्दलाई लिन सकिन्छ जसको सीधा सम्बन्ध भावी समाज विकाससँग जोडिन्छ । विश्वप्रसिद्ध पत्रिका द गार्डियनले प्राथमिकतासाथ ठाउँ दिएको त्यो शब्द थियो ‘पोस्ट ट्रूथ’ अर्थात् ‘उत्तर सत्य’ । यो भनेको सत्यपछिको युग हो अर्थात् यो समाज विकासको यस्तो अवस्था हो जहाँ सत्य एउटा मात्र हुँदैन । त्यहाँ अवस्था, समाज र परिस्थिति हेरेर सत्य के हो भन्ने खुट्याउनुपर्ने हुन्छ जुन आम मानिसको क्षमताभन्दा परको कुरा हो । यो यस्तो परिणति हो जहाँ हामी सत्य यही नै हो भनेर ठोकुवा गर्न सक्दैनौं। तर, जे सत्य होइन त्यो झुट वा असत्य पनि नहुन सक्छ । यसको व्याख्या गर्न द गार्डियनको उक्त लेखले अमेरिकी राष्ट्रपति ट्रम्प र ब्रेक्जिटको अवस्थालाई विश्लेषण गर्यो । ट्रम्पले जसरी आफ्नो कार्यकालमा सञ्चार माध्यमको प्रयोग गरे र त्यसमा पनि ट्वीटरलाई अस्त्र बनाए, त्यसले ‘उत्तर सत्य’ समाज स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्यो ।
जुन कुरा सत्यको कसीमा सही हुनै सक्दैनथ्यो, ट्रम्प त्यही नै नयाँ सत्य रहेको दलील दिन्थे । यसले उनलाई समर्थकहरूको अन्धविश्वास प्राप्त हुन्थ्यो, तर विरोधीलाई शाश्वत विषय नै पनि ट्रम्पका मुखबाट निस्किएपछि असत्य लाग्थ्यो ।
त्यसै गरी अधिकांश बेलायती नागरिक विरोधमा रहेको भनिएको यूरोपियन युनियनबाट अलग हुने नीति ‘ब्रेक्जिट’ प्रति स्वयं बेलायती र युरोपेलीहरूको पारस्परिक बुझइ भिन्न बन्दै गयो र अन्त्यमा ‘ब्रेक्जिट’ नीति पारित गरी बेलायत यूरोपियन युनियनबाट अलग भयो । यो घटनामा प्रेषित सूचना, समाचार, लेख, विचारहरू एक आपसमा यति बाझ्एिका छन् कि त्यसमा एकातिर बहुसत्य देखिन्छ भने अर्कातर्फ असत्य मात्र । यसैलाई ‘उत्तर सत्य’ को अवस्था भनेर व्याख्या गरिएको हो । अब प्रश्न उठ्छ, यो अवस्था निम्तिन केले प्रमुख भूमिका खेल्यो त ?
१० वर्षयता सामाजिक सञ्जालको प्रयोग विश्वव्यापी रूपमै बढ्दो छ । नेपालमा पनि यो आम मानिसको दैनन्दिनी बनेको छ । तर, यसका असरबारे समाजका अगुवा समेत अनभिज्ञ देखिन्छन् । विशेष गरी कम्प्युटर र इन्टरनेटमा आधारित नयाँ मिडियाका केही विषयमा बहस जरुरी भइसकेको छ ।
पहिलो कुरा, सामाजिक सञ्जाल सञ्चार माध्यमको पछिल्लो रूप हो जुन युवावय सापेक्ष छ । यसो भन्दा युवावयलाई उमेरका हिसाबले मात्र बुझनु अपुरो हुन जान्छ । यसमा सामाजिक र शारीरिक दुवै अवस्थालाई बुझनुपर्छ । अझ् सामाजिक सञ्जालको प्रयोग पूर्ण रूपमा समाज र संस्कृति सापेक्ष हुन्छ । गतिशील समाजमा यसको प्रयोग सहज रहन्छ भने पुरातन सोचको समाजमा यो समाज र वर्ग विभेदको कारक समेत बन्न सक्छ ।
समाजको गतिशीलतालाई त्यसै समाजका अगुवाले हाँकिरहेका हुन्छन् भन्ने सिद्धान्त नयाँ सञ्चार माध्यमको प्रयोग र असरमा सापेक्ष नहुन पनि सक्छ । गतिशील समाजको द्योतक नयाँ अवयवहरूलाई समेट्नु नभई पुरानो अवस्था वरिपरि नै घुम्नु हो भन्ने तर्कसँग नयाँ सञ्चार र त्यसको प्रयोगले निम्त्याउने सामाजिक र सांस्कृतिक पक्षको कडा टकराव हुन्छ जुन सहज सामाजिक रूपान्तरणका लागि प्रत्युत्पादक हुन्छ । नेपालमा केही समयदेखि उब्जिरहेका सामाजिक, सांस्कृतिक, पहिचानसँग जोडिएका र राजनीतिक विषयवस्तुप्रतिको आम बौद्धिक बुझइ सामाजिक सञ्जालका केही मौलिक चरित्रसँग प्रत्यक्ष रूपमा बाझ्एिका भेटिन्छन् । नेपाली आम बौद्धिक समाजको बुझइमा पुरातन र नयाँ सञ्चार माध्यमले पार्ने असरबीच खासै भिन्नता छैन र त्यसलाई स्थापित समाजिक संरचनाले नियन्त्रण गर्न सक्छ । तर, यो बुझइ नयाँ सञ्चार प्रयोगको सिद्धान्तसँग प्रत्यक्ष बाझ्न्छि । माथि गरिएको ‘उत्तर सत्य युग’ प्रवेशको चर्चा नेपाली समाज विज्ञानका अध्येताका लागि नयाँ सञ्चार माध्यम प्रयोगको सिद्धान्त बुझन सहायक हुन सक्छ । ‘सत्य एक छ, बाँकी सब असत्य हुन्’ भन्नेमा सामाजिक सञ्जाल र यसका असरले थुप्रै प्रश्न उब्जाइरहेका छन् । यसका उदाहरण हामीकहाँ पनि यथेष्ट देख्न सकिन्छ ।
हामीकहाँ हाल सामाजिक सञ्जालमा असाध्यै चर्चामा छ, ३ दिज्युमहिलावाद । महिला अधिकारको आन्दोलनसँग लामो समयदेखि आबद्ध केही अधिकारकर्मीले नेपाली सामाजिक सञ्जालमा रहेका केही नयाँ अधिकारकर्मीबाटै आफूहरू बहिष्कृत भएको र त्यो प्रक्रिया अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको भनी सामाजिक सञ्जालमा छेडेको बहसलाई केही पुरातन सञ्चार माध्यमबाटै प्रतिकारको प्रयास भयो । सञ्चार माध्यममा खासै चर्चा नभए पनि सामाजिक सञ्जालमा यसले निकै उचाइ लियो । यसका केही पाटालाई विश्लेषण गर्दा सामाजिक सञ्जालको प्रयोग र त्यसबाट नेपाली समाजमा परिरहेको असरबारे केही हदसम्म बुझन सकिन्छ ।
यसको पहिलो पक्षमा नेपाली समाजमा लैङ्गिक पहिचान र लैङ्गिक स्वतन्त्रताको आन्दोलनलाई एउटै कसीमा राखिनुको दृष्टिदोषलाई लिन सकिन्छ । हालको वैश्विक सामाजिक आन्दोलनको एक प्रखर मुद्दा लैङ्गिक स्वतन्त्रता हो । यसले मानव अधिकारको पुरातन मान्यतामा निहित वैयक्तिक स्वतन्त्रता बुझइ र मापन दुवैमा अपुरो रहेको भन्दै नयाँ मापनको माग गर्छ । नयाँ सामाजिक आन्दोलनमा नयाँ सञ्चार माध्यम कम्तीमा दुई कारणले सहायक रहने गरेको छ । पहिलो, नयाँ सञ्चार गतिशील समाज निर्माणमा चारित्रिक रूपमै सहायक हुन्छ । दोस्रो, यस्तो गतिशीलतालाई अगुवाइ गर्ने वर्ग द्रुत समयको सारथि हुन्छ, जहाँ व्यक्ति एकाङ्गी वैचारिक छवि निर्माणमा नभई बहुसामुदायिक विचार आदानप्रदानमा निहित रहन्छ । यो सामाजिक–सैद्धान्तिक अवस्थालाई सामाजिक सञ्जाल प्रयोग र असरसँग जोडेर हेरिए हालको सामाजिक विशृङ्खलतालाई धेरै हदसम्म बुझन सकिन्छ ।
२१औं शताब्दीको गतिशील समाज निर्माणको अभियान सामाजिक सञ्जालबाटै प्रारम्भ हुनेमा शायदै विमति होला । किनकि, यसअघिका वैश्विक सामाजिक आन्दोलनमा जेलाई वैकल्पिक सञ्चार भनी सिद्धान्त बनाइएको थियो (जस्तो, हामीले सहज रूपमा बुझने नेपालको सामुदायिक रेडियो अभियान), अहिले त्यसभन्दा सशक्त भूमिकामा सामाजिक सञ्जाल छ । वैकल्पिक सञ्चार माध्यमको सिद्धान्तले कुनै वेलाको नयाँ सञ्चार माध्यम रेडियोमा आम मानिसको सहभागितालाई सामाजिक आन्दोलनको आधार भनी व्याख्या गरेको छ । तर, अहिलेको सामाजिक सञ्जाल सहभागितामूलक मात्र नभई सहसिर्जना हो जहाँ सञ्चार सर्जक र प्रयोगकर्ता दुवैले नयाँ विषयवस्तु बनाउँछन् ।
यहाँनिर नयाँ सञ्चार माध्यमको यो चरित्र नयाँ सामाजिक आन्दोलनमा कसरी पूरक हुन सक्छ भन्ने प्रश्न उठ्छ । जब सञ्चार माध्यमले बहुल सहभागितामा सहसिर्जनाको सिद्धान्तमा आधारित भएर विषय उठान गर्ने मौका दिन्छ त्यसले नयाँ सामाजिक आन्दोलनको बहस मात्र उठाउँदैन, त्यो आन्दोलनको विषयले समाजमा चारित्रिक आधारको समायोजन समेत गर्छ । यसलाई हाल नेपाली सामाजिक सञ्जालमा चलिरहेको लैङ्गिक स्वतन्त्रताको सवालसँग जोडेर हेर्दा बुझन सकिन्छ ।
लैङ्गिक स्वतन्त्रता नेपाली समाजका लागि चारित्रिक रूपमै नयाँ आन्दोलन हो । शाश्वत मानव अधिकारवादी सिद्धान्तले राजनीतिक, सामाजिक, सांस्कृतिक र लैङ्गिक समानताको वकालत गर्छ, तर यसले यी अवयवभित्रका थप स्वतन्त्रताको मुद्दालाई पहिचानको स्थापनासँगै पूरा भएको मान्छ ।
यस प्रसङ्गमा के बुझनुपर्छ भने २१औं शताब्दीसँगै भित्रिएको सञ्चार क्रान्तिले समाजलाई थप खुला बनाउने क्षमता राख्छ जसले हामीलाई हिजो प्राप्त मानव अधिकारको अवधारणा साँच्चै मुद्दाविहीन बनेको हो त भनेर नियाल्ने अवसर दिन्छ । यसलाई लैङ्गिक स्वतन्त्रताको नवीनतम सामाजिक आन्दोलनको कसीमा राख्दा मानव अधिकारको प्राप्ति पूर्ण नभएको र मानवले मानवलाई बुझन अझै बाँकी रहेको प्रष्ट देख्न सकिन्छ । तर, यसका लागि पुरातन सञ्चार क्षेत्रको दृष्टि भने अपुग हुन्छ । अर्कातर्फ, नयाँ सञ्चारमा यसका प्रशस्त अवयव देख्न सकिन्छ । यसको सिद्धान्तीकरणको आधार ‘उत्तर सत्य युग’ बाट बुझन सकिन्छ ।
उत्तर सत्यको अर्को उदाहरण बे्रक्जिटका योजनाकार तथा हालका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पदच्युत गर्न गरिएका आग्रहहरूमा पनि भेटिन्छन् । के उसो भए सत्यको निधन भएकै हो त ? या सत्यको रूप फेरिएको हो ? यी प्रश्न सामाजिक बहसका पेचिला मुद्दा हुन् जसलाई बुझन नयाँ सञ्चारले डोर्याइरहेको समाजलाई बुझनुपर्ने हुन्छ । यसमा सामाजिक सञ्जाल प्रयोगका हल्का बुझइ र असरका आम टिप्पणी मात्र पर्याप्त हुँदैनन् । गहिरो बुझइका लागि सामाजिक सञ्जालभित्र र बाहिर गहन बहस चल्नुपर्छ ।
(दाहाल काठमाडौं विश्वविद्यालयको भाषा तथा आम सञ्चार विभागका प्रमुख हुन् ।)