१७ कात्तिक २०७० | 3 November 2013

कहाँ के

Share:
  

बृहत् नेपाली साहित्य महोत्सवः ८–११ कात्तिकमा एनसेल नेपाल साहित्य महोत्सव। नेपाली र बाहिरका साहित्यबारे स्वदेशी–विदेशी लेखक, समीक्षक, प्रकाशक र पत्रकारसँग पाठकको व्यापक अन्तरसंवाद।

स्थानः नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी

शास्त्रीय संगीतः सुमधुर नेपाली शास्त्रीय संगीत सन्ध्या।

स्थानः किरातेश्वर मन्दिर पशुपति

मितिः १३ कात्तिक (अपरान्ह ३ बजेपछि)

स्थानः राममन्दिर बत्तीसपुतली

मितिः १७ कात्तिक (अपरान्ह ३ बजेपछि)

रिटर्न टु नेचरः पानी रङमा प्राकृतिक दृश्य सिर्जना र प्रदर्शन।

स्थानः पार्क ग्यालरी, पुल्चोक

मितिः १२ कात्तिक

समयः अपरान्ह ०४.३० बजे।

सार्वजनिकः साहित्यिक पत्रिका ललित–२।

मितिः ११ कात्तिक

स्थानः नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी

समयः दिउँसो १ बजे

लडाइँमा जनताः नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि शुरु गरेको हिंसात्मक द्वन्द्वले नेपाललाई १० वर्ष लपेट्यो। त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्‍यो। अर्को १० वर्षपछि पनि नेपाली समाजमा त्यो गृहयुद्वको खाटा बसिसकेको छैन। त्यो समयको तस्वीर हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस्। लडाइँमा जनता नाम दिइएको तस्वीर प्रदर्शनीमा युद्धग्रस्त नेपालको त्रस्त जनजीवन देख्न सकिन्छ।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म। मंगलबार बाहेक सधैं।

सम्पर्कः (०१) ५५४९९४८,

www.madanpuraskar.org

साइकल र्‍यालीः काठमाडौं जस्तो अव्यवस्थित महानगरमा साइकल सवारीको महत्वबारे जनचेतना जगाउन सहभागी होऊँ।

मितिः ११ कात्तिक

स्थानः टुँडिखेल

समयः अपरान्ह ०५.३० बजे

काठमाडौं बूक स्वापः हरेक महीनाको दोस्रो शनिबार कफी पिउँदै पुराना पुस्तक साट्ने मौका।

समयः दिउँसो २:३० बजे

स्थानः एल्लो हाउस, सानेपा, केटीएम बूक स्वाप

विस्तृतः wordpress.com/2013/08/07/august-bookswap/

पौडी र परिकारः स्वीमिङ पुलमा पौडिएर बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै सप्ताहान्त बिताउने अवसर।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ् ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ४६६३०४

विस्तृतः www.waterfronthotelnepal.com

पगोडा चाइनिज रेस्टुरेन्टः चिनियाँ परिकारको स्वादका पारखीहरुका लागि।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

कृष्णार्पणः द्वारिकाजको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना।

स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

चरिकोट पानोरमा रिसोर्टः ऐतिहासिक नगरी चरिकोटमा हिमाली दृश्य हेर्दै स्थानीय संस्कृतिको आनन्द लिने विशेष प्याकेज।

सम्पर्कः (०१) ५५२९४६३

[email protected]

भूमि रेस्टुरेन्ट एण्ड बारः शान्त वातावरणमा नेवारी, नेपाली र इन्डियन खानाका विभिन्न स्वादिष्ट परिकार।

स्थानः लाजिम्पाट, काठमाडौं

सम्पर्कः (०१) ४४१२१९३

comments powered by Disqus

रमझम