१७ कात्तिक २०७० | 3 November 2013

किलरोयज्का परिकार

Share:
  

आइरिस सेफ थोमस किलरोयले सन् १९९८ मा काठमाडौंमा खोलेको किलरोयज् रेस्टुराँ पुग्न ठमेलको साँघुरो गल्लीहरु छिचोलेर ज्याठा पुग्नुपर्छ। भुईंतलामा दाल, रोटी र मासुका परिकार पस्कने यो रेस्टुराँको विशेषता चाहिं स्टिक, एंग्लो–यूरोपियन खाना र वाइनहरुमा छ।

अलिभ आयल र वाइन भिनेगर राखिएको स्टार्टर ग्रिल्ड भेजिटेबल्स ड्रिजल, अदुवा, लसुन र केसरको सस् राखिएको प्राउन र नर्वेजियन साल्मन किलरोयज्मा विशेष चल्तीका परिकार हुन्। चिज र मसरुम सस हालिएको कुखुराको छाती पनि धेरैले मन पराएको रेस्टुरेन्टको दाबी छ। अहिलेका सञ्चालक रोवर्ट एडवर्ड डेसजार्डिन्सका अनुसार, यहाँ पाइने इटालियन राइस डिस थोमस किलरोयकै आविष्कार हो।

ग्रिल्ड भेजिटेबल रु. २८५

क्रञ्ची ब्रेड रु. ३९०

प्राउन रु. ६००

नर्वेजियन साल्मन रु. ९२५

चिकेन ब्रेस्ट रु. ३९५

रिसोट्टो रु. ५८५

comments powered by Disqus

रमझम