९ मंसिर २०७० | 17 November 2013

लोकतन्त्रवादीले बुझून्

Share:
  

हिमाल (२४ कात्तिक) मा प्रकाशित 'कमजोर एमाओवादी' समाचार विश्लेषण सान्दर्भिक लाग्यो। पहिलो संविधानसभा चुनावको तुलनामा यस पटक माओवादी कमजोर भएको पक्का हो। पहिला जस्तो यस पटक माओवादीका प्रति जनलहर पनि छैन। डर–त्रासले मात्र होइन नयाँ दलले केही गर्ला कि भन्ने आशाले पनि जनताले माओवादीलाई मत दिएका हुन्। तर संविधानसभा चुनावपछिको अवस्था हेर्दा माओवादीले पनि जनताका लागि केही गर्दैन भन्ने कुरा सबैले बुझ्िसकेका छन्। यति मात्र होइन, द्वन्द्वको खाटो बसिनसकेको परिणाम हो, माओवादीप्रति जनता जाइलागेको। यसले पनि प्रष्ट हुन्छ माओवादी कतिसम्म कमजोर भइसकेको छ भन्ने कुरा। तर जसरी भए पनि आफ्नो पोल्टामा विजय पार्नको लागि माओवादीले के कस्ता सम्म रणनीति अपनाउला भन्ने कुरातर्फ लोकतन्त्रवादी दलहरू वेलैमा सचेत हुन आवश्यक छ। अन्यथा चुनावपछिको अवस्था अर्कै हुन सक्दछ।

मिलन बम, इमेलबाट

सकसमा नेता

हिमाल (२४ कात्तिक) मा प्रकाशित 'शीर्षस्थलाई सकस' पढेपछि शीर्ष भनिएका नेताहरू कुन अवस्थामा रहेछन् भन्ने प्रष्ट हुन्छ। हिजो जनताले चुनेर ठूलो बनाएका शीर्षस्थलाई आज तिनै जनताले पत्याउन छाडेका छन्। चुनाव जिते पनि गाउँमा मुख नदेखाउने प्रवृत्ति, जनतामाझ् बाँडेका आश्वासन पूरा नगर्ने र आसेपासेलाई मात्र महत्व दिने व्यवहारले गर्दा यस्तो अवस्था आएको छ। त्यसकारण राजनीतिक दलका नेताहरू वेलैमा सुध्रन आवश्यक छ।

विनोद पोखरेल, इमेलबाट

सलाम एडे्रअस

हिमाल (२४ कात्तिक) मा प्रकाशित जर्मनीका एड्रेअस सेटजेको 'नेपालमा समर्पित' समाचार पढेपछि मानवीय सेवाको महत्व झ्नै प्रष्ट हुन्छ। धेरै पैसा कमाउने र विलासी जीवन विताउने मानिसको भीडमा अरूको सेवा गर्नेको अभाव देखिन्छ। तर एडे्रअस सेटजेले अरूलाई नयाँ जीवन दिन चालेको कदम सम्मानलायक छ। विज्ञता हासिल गरेर आवश्यक ठाउँमा सेवा गर्न नजाने र सुविधासम्पन्न ठाउँ खोज्ने नेपाली डाक्टरहरूले उनीबाट शिक्षा लिनुपर्दछ। नेपालीको सेवामा समर्पित जर्मन नागरिक एडे्रअसलाई सलाम!

सुलोचना चौधरी, इमेलबाट

मन छुने समाचार

हिमाल (२४ कात्तिक) मा प्रकाशित 'सिकाइमा समस्या' समाचार मन छुने खालको छ। विद्यार्थीमा हुने विभिन्न खाले समस्याका कारण उनीहरूले पढाइसँगै अन्य क्रियाकलाप पनि सहजै गर्न सक्दैनन्। तर अभिभावक र शिक्षकले वास्तविक समस्या नबुझी बालबालिकालाई यातना दिंदा उनीहरू दोहोरो मारमा पर्दछन्। आफ्नो बच्चाको केमा रूचि छ र उसले के गर्न चाहन्छ भन्ने कुरा सबैभन्दा पहिला अभिभावकले बुझनु जरूरी छ। धेरै बालबालिकाले भोग्ने यो समस्या समाधानका लागि समयमै ध्यान दिउँ्।

गोपाल पौडेल, ललितपुर

राउटेबाट सिकौं

हिमाल (२४ कात्तिक) मा प्रकाशित 'जहाँ महिला हिंसा हुँदैन' समाचार पढेपछि राउटे समुदायका सदस्यहरूप्रति सम्मान जागेको छ। हातमा डिग्रीको प्रमाणपत्र लिएर बस्नेलाई मात्र हाम्रो समाजले बुद्धिमान र समझ्दारको रूपमा लिने गरेको छ। तर राउटे समुदायमा महिला हिंसा हुँदैन भन्ने समाचार पढेपछि मेरो सोचाइमै परिवर्तन आएको छ। समाजमा पढालेखाहरूले हिंसा गर्दैनन् यो काम त अशिक्षित समुदायमा बढी हुन्छ भन्ने बुझाइ पनि गलत रहेछ। शिक्षाबाट वञ्चित र हरेक क्षेत्रमा पछाडि परेको राउटे समुदायबाट सबैले सिक्नुपर्छ।

रसना ढकाल, बालकोट–५ भक्तपुर

comments powered by Disqus

रमझम