९ मंसिर २०७० | 17 November 2013

'व्यक्तिगत स्वार्थका लागि मात्र हो'

Share:
  

रामेश, जनगायक

राजनीति देश र जनताको सेवाका लागि हो भन्ने कुरा अब रहेन। पहिले पार्टीले कलाकारलाई प्रयोग गर्दै आएकोमा अब कलाकारहरूले पनि पार्टीलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न थाले। अहिले त्यही प्रयोग गरागर चलेको छ। कलाकारहरू भोलि पार्टीबाट आर्थिक फाइदा लिन दौडधुप गरिरहेका छन्। यो कुरा दुवै पक्षले बुझोका छन् र एकअर्कालाई प्रयोग गरिरहेका छन्।

वामपन्थी देख्नासाथ गोली हान्ने पञ्चायती व्यवस्थामा हामी कलाकारहरूले गाउँ–गाउँ घुमेर चेतना जगायौं। पार्टीहरू भूमिगत हुँदा जनतामाझ्ा पुग्ने हामी नै थियौं। तर, सत्तामा आएपछि नेताहरू स्वार्थमा लिप्त भए, देश र जनताका लागि परिवर्तन भएन। माले, एमालेपछि माओवादीसँग आशा थियो। हामी भोट माग्दै हिंड्यौं, तर उसले पनि जनतालाई धोका दियो। जनताका सपना र बलिदानलाई पद र पैसासँग साटे। नेताहरूले देश र जनतामाथि अन्याय मात्रै गरिरहे। जनता अपमानित छन्। हामी जनतासँगै छौं, जनताकै भलोका गीत गाउँछौं। कुनै पार्टीको पद र प्रलोभन चाहिंदैन।

comments powered by Disqus

रमझम