९ मंसिर २०७० | 17 November 2013

महिला माहुते

Share:
  
माहुते मीना महतो र मीना चौधरी सुन्दरमाला र उमाकली हात्तीका साथी जस्तै बनेका छन्।

मीना महतो (३५) र मीना चौधरी (३०) ले हात्तीहरूसँग सङ्गत गरेको दुई वर्ष भयो। उनीहरू चितवन निकुञ्जका हात्तीहरूको रेखदेख, सरसफाई र दानापानी मात्र गर्दैनन्, गस्ती र पर्यटकहरूलाई जंगल सफारी पनि गराउँछन्। माहुते मीना महतोले सुन्दरमाला र चौधरीले उमाकली हात्तीको जिम्मेवारी पाएका छन्। उनीहरू हात्तीलाई मुख र खुट्टाको इशारामा घुमाउँछन्।

एकल महिला मीना महतोले माहुते पेशाबाट छोराको पढाइ र घरखर्च धानेकी छन् भने अविवाहित मीना चौधरीले गजबले स्वावलम्बी बनेको बताइन्। दुई वर्षअघि लोकसेवा आयोगको परीक्षा पास गरेर माहुते हुने तीन महिलामध्ये महतो बछौली र चौधरी कुमरोजका हुन्। अर्की माहुते पर्सा वन्यजन्तु आरक्षमा छिन्। “पहिला अलिक डर लागेकै हो”, मीना महतोले भनिन्, “अब त अनुभवी माहुते भइसकियो, अरू पुरुष माहुते जस्तै!”

शब्द/तस्वीरः सविता श्रेष्ठ, चितवन

comments powered by Disqus

रमझम