१६-३१ भदौ २०६९ | 1-16 September 2012

दमदार दिया

Share:
  
r1
तस्बीरः अनुशील

पाँच वर्षअघि कागवेनी फिल्ममा दिएको 'किस सिन'का कारण एक महीनासम्म आमासँग बोलचाल बन्द भएको अनुभव सँगालेकी दिया मास्केलाई अहिले सुनगाभा को लेस्वियन भूमिकाले चर्चामा ल्याउँदैछ। अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भइरहेको सुनगाभा मा दियाकी समलिङ्गी जोडी निशा अधिकारी छिन्। 

नृत्य, रङ्गमञ्च र फिल्म सबैमा दमदार देखिएकी दिया प्रतिभाशाली कलाकारको रूपमा चिनिन्छन्। उनलाई दर्शकहरू मोहक नृत्याङ्गनाको रूपमा पनि चिन्छन्। नृत्यकै कारण सुनगाभा मा जमेको उनले बताइन्। चार वर्षकै उमेरदेखि मञ्चहरूमा देखिएकी दियाले जून त लग्यो ताराले..., हुँदैन है रेलिमाई चट्ट बिर्सन... जस्ता चर्चित फिल्मी गीतमा सम्झ्नलायक नृत्य गरेकी छन्। पछिल्लो समयका म्युजिक भिडियोमा पनि उनको नृत्यकला देख्न पाइन्छ। 

उनलाई आमजनमानसमा चिनाउने काम भने टेलिफिल्म दलन र फिचरफिल्म कागवेनी ले गर्‍यो। एक्टर्स स्टुडियोमा आवद्ध दियाले मलामी, भर्चुअल रियालिटी लगायतका एक दर्जन नाटक र एकदिन एकरात, साँघुरो नामक फिल्ममा अभिनय गरेकी छन्। पछिल्लो समलिङ्गी भूमिकाबारे दियामा कुनै संकोच छैन। उनी भन्छिन्, “अनावश्यक एक्सपोजर राम्रो हैन भन्नेमा सचेत छु, भल्गर देखिने काम गरिंदैन।” 

शब्द: अनुशील 

comments powered by Disqus

रमझम