९ मंसिर २०७० | 17 November 2013

वरिष्ठ लाभाजा

Share:
  

कफी पारखीका लागि खुशीको खबर। काठमाडौं उपत्यकामा यूरोपियन शैलीको कफी बनाउने नयाँ ठाउँ खुल्नु कफी पारखीहरुका लागि पक्कै पनि खुशीको कुरा हो। जावलाखेलमा भर्खरै खुलेको नोर्साङ कम्प्लेक्सको दोस्रो तलामा वरिष्ठ लाभाजा छ। पुल्चोकस्थित सेन्टजेभियर्स स्कूलसँगै रहेको नोर्साङ कम्प्लेक्सको यो कफी शपमा कफी बनाउने काठमाडौंकै उत्कृष्ट मशीन छ।

यहाँ आएर एक पटक कफीको स्वाद लिनेहरु जावलाखेल आएको वेला यो लाभाजा बिर्सन सक्दैनन्। फराकिलो ठाउँ, मेन्यूको विविधता र भिन्न खाले बसाइको यूरोपियन शैलीको लाभाजाले धेरैलाई लोभ्याउँछ नै। खुल्ला र शान्त वातावरणको यो कफी शप काठमाडौंका उत्कृष्ट मध्येमा पर्छ। काठमाडौंमा रहेका विदेशीहरुलाई लक्षित गरी खोलिएको यो कफी शपमा नेपाली पनि उत्तिकै आउने गर्छन्।
चिकन सेकुवा सलाद यहाँको अर्को विशेषता हो। जुन निकै स्वादिष्ट परिकारमा पर्छ। यो सलादलाई हल्का खानाको रुपमा पनि लिन सकिन्छ। कफीका पारखीहरुको पर्खाइमा छ, वरिष्ठ लाभाजा।

आइस मोका रु.१७५

चिकेन सेकुवा रु.२००

चिज स्यान्डवीच रु.३२५

मफिन केक रु.१०५

comments powered by Disqus

रमझम