१६ मंसिर २०७० | 1 December 2013

रुवीभूमिमा नेपाली

Share:
  
- ऋषिराम कट्टेल

बहुमूल्य पत्थर रुवीका लागि विश्वमै प्रख्यात मानिन्छ बर्मा (म्यान्मा) को माण्डले राज्यमा पर्ने मोगोक क्षेत्र। 'रुवील्याण्ड' भनेर मोगोकमा रुवी कारोबार गर्नेमा अधिकांश नेपाली मूलका बर्मेली छन्। करीब १० नेपालीभाषी रहेको मोगोकमा तीमध्ये सबैजसो रुवी खोज्नेदेखि बिक्री गर्नेसम्मका कारोबार गर्छन्। उच्च गुणस्तरको मानिने मोगोकको रुवी जमीनमुनिको माटो र चट्टानबाट निकालिन्छ। अखिल म्यान्मा देशीय गोर्खा हिन्दू संघका पूर्व अध्यक्ष ओमबहादुर कार्की भन्छन्, “यहाँको रुवी नेपालीहरूबाटै बर्मेली बजारमा पुग्छ।”

तस्वीरः ऋषिराम कट्टेल
रुवील्याण्ड भनेर चिनिने मोगोक शहर।

मोगोकको फूलबारी बजारमा ग्राहकलाई रुवी देखाउँदै नेपाली व्यापारी।

मोगोकको ५० माइल क्षेत्रभित्र रुवी पाइन्छ, जुन नेपालीभाषी बर्मेलीहरूको एउटा मुख्य बसोबासस्थल पनि हो। मोगोकका माम्पी, चापीन, भुमा, बर्नाठ, छाउजी, किङगवाई र लेदा क्षेत्रमा बढी रुवी पाइने रुवी व्यापारी बुद्धिबहादुर कुँवरले बताए। रुवी किनबेच हुने मोगोकको फूलबारी बजारमा ७० प्रतिशत नेपाली नै भेटिन्छन्। गोर्खा हिन्दू संघका अध्यक्ष नन्दराम न्यौपानेदेखि पूर्व अध्यक्षद्वय कार्की र चोलनाथ बन्जाडेसम्मका नेपालीहरू रुवी कारोबारबाटैै बर्मामा अर्बपति बनेका छन्। उनीहरूले रुवी व्यापारको कमाइबाट धर्मशाला, हिन्दू मठ–मन्दिर र विद्यालय बनाएका छन्।

रुवी निकाल्न चट्टान फुटाउँदै नेपाली मजदूर।

रुवी निकालेपछिको मोगोकको एक स्थान।

रुवीको किनबेच हुँदै।

comments powered by Disqus

रमझम