१६ मंसिर २०७० | 1 December 2013

नेपथ्य अभियान

Share:
  
सांगीतिक समूह नेपथ्यले 'शान्तिको लागि शिक्षा' अभियान बिउँताउँदैछ।

राजनीतिक संक्रमणकालको अप्ठेरोबाट मुलुकको कुनै क्षेत्र अछुतो रहेन। २०५७ देखि देशमा 'शान्तिको लागि शिक्षा' अभियान थालेको नेपथ्य ब्याण्ड पनि पछिल्ला वर्षमा अभियानलाई निरन्तरता दिंदै राजधानी र विदेशमा ठूल्ठूला कन्सर्ट गर्नमै केन्द्रित रह्यो। अब भने निर्वाचनले लिएर आउने शान्तिलाई ध्यानमा राखेर होला, २१ मंसीरबाट मुलुकका १० स्थानमा कार्यक्रम गर्ने तयारी थालेको छ, उसले। ब्याण्डका मुख्य गायक अमृत गुरुङ भन्छन्, “यस्तोमा मुलुकका कर्णधारहरूको आवाज मुखरित होस् भनेर हामीले आफ्नै शैलीमा उनीहरूको बोली बोलिदिन थालेका हौं।”

विद्यालयलाई द्वन्द्वमुक्त क्षेत्र बनाउने सबैखाले अभियान फेरि जगाउनु जरूरी भएको गुरुङ बताउँछन्।

'शान्तिको लागि शिक्षा' र 'सुन्दर शान्त नेपाल' गरी दुई वटा अभियान गरेको नेपथ्यले त्यसैलाई निरन्तरता दिंदै आगामी कार्यक्रमलाई 'शान्तिको लागि शिक्षा संगीत यात्रा–२०७०' नाम दिएको छ।यो यात्रा २१ मंसीरमा चितवनको रत्ननगरबाट शुरू भएर १४ पुसमा ललितपुर दरबार क्षेत्रमा समापन हुनेछ। यसबीचमा ब्याण्डले २३ मंसीरमा मोरङको विराटचोक, २५ मंसीरमा झापाको दमक, २७ मा सर्लाहीको लालबन्दी, २९ मा कपिलवस्तुको तौलिहवा, १ पुसमा बर्दियाको गुलरिया, ३ मा दाङको लमही, ५ मा तनहूँको आँबुखैरेनी, ७ मा म्याग्दीको बेनी र ९ मा कास्कीको गगनगौंडामा कार्यक्रम गर्नेछ।

आयोजक नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार, अभियानको स्थानीय आयोजनाका निम्ति त्यहींका सामाजिक एवं शैक्षिक संघसंस्थाहरूसँग सहकार्य हुनेछ। सन् २००२ यता नेपथ्यको यो सातौं राष्ट्रव्यापी आयोजना हो।

comments powered by Disqus

रमझम