१६ मंसिर २०७० | 1 December 2013

चाइनिज फ्रेन्डसिप रेस्टुरेन्ट

Share:
  

स्वाद फेर्न लालायित जिब्रोलाई नयाँ तर अविस्मरणीय अनुभव गराउन चाहनेहरुका लागि एकदमै उपयुक्त परिकार अड्डा हुन सक्छ, दरबारमार्गस्थित नेपाल एसबीआई ब्याङ्क नजिकै रहेको चाइनिज फ्रेन्डसिप रेस्टुरेन्ट।

शहरको केन्द्रमा रहेको यो रेस्टुरेन्टले अलिकति अनौठो र नयाँ तर बेजोड स्वादका लागि गत एक दशकदेखि ख्याति कमाइरहेको छ। भित्र पसेदेखि बसेसम्म मनतातो ग्रीन टीले मुख रसिलो पार्न पाइने यो रेस्टुरेन्टमा रेड ओइलमा तयार पारिएको बंगुरको कान वा बियरमा बफाइएको हाँसबाट शुरु गर्दा जुटाइ बढी अविस्मरणीय हुन सक्छ। यी दुई आइटमलाई फ्राइड कर्नको साथ स्वादे जिब्रोका लागि निकै रसिलो हुनेछ।

मांसहारीहरुको बढी आउजाउ देखिने यो रेस्टुरेन्टमा मिन्स्ड चिकेन, स्वीट एण्ड सोउर पोर्क, पोर्क स्लाइस, एग फ्राइड राइस, तोफु आदि धेरै रुचाइएको परिकारमा पर्छन्। तीमध्ये पनि कालो सिमीको लेदोले छोपिएको वास्नादार सग्लो माछाको स्वाद जोसुकैको लागि अविस्मरणीय हुनेछ।

मिन्स्ड चिकेन रु.३२०

स्वीट एण्ड सोउर पोर्क रु.२९५

फ्राइड कर्न रु.१८०

तोफु रु.१९०

comments powered by Disqus

रमझम