१६-३१ भदौ २०६९ | 1-16 September 2012

वृत्तचित्रमा चीन

Share:
  
r7
वृत्तचित्र लास्ट ट्रेन होम ।
r8
डिसअर्डर ।

चिनियाँ जनताको संघर्ष र बेथितिलाई उजागर गरेका ६ वृत्तचित्र समावेश 'चाइना एक्सपोज' नाम दिइएको चिनियाँ डकुमेन्ट्री मेला ललितपुर पाटन ढोकास्थित यलमाया केन्द्रमा १–३ भदौमा सम्पन्न भयो। नेपाली दर्शकले यी डकुमेन्ट्रीमार्फत चिनियाँ समाजको भित्री पाटो नियाल्न पाए। 

फिल्म साउथ एशियाद्वारा न्यू नेपाली सिनेमा र सत्या नामक संस्थाको सहकार्यमा आयोजित मेलामा २००४ देखि २०११ सम्मका प्रतिनिधि वृत्तचित्र प्रदर्शनी भएका थिए। प्रदर्शितमध्ये ३ डकुमेन्ट्रीका निर्देशक समेत मेलामा सहभागी थिए। चीनको बदलिंदो न्यायप्रणाली, आर्थिक वृद्धि, वातावरण, शहरी जीवन र व्यक्तिगत उहापोहमाथि बनेका डकुमेन्ट्रीले नेपाली दर्शकलाई मज्जाले समातेको मेलाकी निर्देशक नयनतारा कक्षपति गुरुङले बताइन्।

comments powered by Disqus

रमझम