२३ मंसिर २०७० | 8 December 2013

दलीय सहमति खोजौं

Share:
  

हिमाल (९ मंसीर) मा प्रकाशित 'सँगै हिंड्ने म्यान्डेट' आवरण पढेपछि समयमा संविधान बनाउन कांग्रेस र एमाले मिलेर जान आवश्यक भएको देखिन्छ। त्योसँगै अन्य पार्टीलाई पनि विश्वासमा लिनुपर्दछ। ठूलो हुँदैमा हामी नै सर्वेसर्वा भन्ने अहंकार कसैले पनि देखाउनुहुँदैन। सबैलाई सम्बोधन गर्ने संविधान बनाउन सबैका आवाज सुन्न जरूरी छ। समयमा संविधान बनाउन र विकास निर्माणको मुद्दा सम्बोधन गर्न पनि दलीय सहमतिको विकल्प छैन।

विमल दर्नाल, इमेलबाट

जिम्मेवारी पूरा गर

हिमाल (९ मंसीर) मा छापिएको 'अतिवादलाई वाई―वाई' पढेपछि शान्तिकामी नेपालीले जातीयता, क्षेत्रीयता एवं साम्प्रदायिकता विरूद्ध अभिमत दिएको हुँदा तोकिएको समयमा संविधान निर्माण हुने सम्भावना प्रबल देखिन्छ। यद्यपि सबै राजनीतिक दललाई सहमतिमा ल्याई सहकार्य गर्दै तार्किक निष्कर्षमा पुग्ने चुनौतीपूर्ण कार्यलाई उचित अवसर ठानी कुशलतापूर्वक सम्पन्न गर्नु लोकतान्त्रिक शक्तिहरूको प्रमुख जिम्मेवारी हो।

पूर्ण खड्का, इमेलबाट

लोकतन्त्रलाई सबल बनाउने र जनतालाई सुशासनमा सबै किसिमले सक्रिय सहभागी तुल्याउने माध्यम संघीयता हो भनेर हिजोको संविधानसभाको वेलामा पनि जनतालाई बुझ्ाउन नसकेको मात्र होइन, त्यसलाई कुहिरोको काग बनाएर फाइदा उठाउन खोजिएको थियो। आज पनि त्योभन्दा स्थिति धेरै फरक छैन। वेलैमा होश नपुर्‍याए जनताले जातीय क्षेत्रीय संघीयताको विपक्षमा मत दिएको भनेर मात्र समस्या हल हुने देखिंदैन। सामन्ती एकात्मक र केन्द्रीकृत शासन प्रणालीको विकल्प संघीयता हो। लोकतान्त्रिक, संघात्मक र विकेन्द्रित शासन प्रणालीको रक्षा र सम्बर्द्धन गरी जनतालाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारले सुसज्जित तुल्याउन मद्दत गर्दछ भन्ने कुरा बुझनु/बुझ्ाउनु अत्यावश्यक छ।

लोकनारायण सुवेदी, इमेलबाट

राम्रालाई हेर

हिमाल (९ मंसीर) मा प्रकाशित 'नयाँ अनुहार' समाचार पठनीय लाग्यो। संविधानसभा चुनावमा विजयी हुनेहरू अधिकांश पुरानै भए पनि केही नयाँले समेत अवसर पाएका छन्। यस्तो अवस्थामा राजनीतिमा सक्रिय रहेर पनि माथिल्लो पदमा पुग्न नसकेकालाई यसले केही उत्साहित बनाउँछ। अर्को कुरा स्थानीय समस्या र मुद्दाहरू स्थानीयले नै धेरै बुझदछ भन्ने कुरामा पनि कसैको दुईमत छैन्। मुद्दा र आवश्यकता बुझ्ेर त्यही अनुसार काम गर्छन् कि गर्दैनन् भन्ने नै अहिलेको चासो हो। त्यसैले हाम्रा भन्दा राम्रालाई हेर्नुपर्दछ भन्नेतर्फ सबैको ध्यान जाओस्।

रिसव न्यौपाने, इमेलबाट

ढिलाइ नगरौं

हिमाल (९ मंसीर) मा प्रकाशित 'नेपथ्य अभियान' समाचारले उत्साहित बनायो। शान्तिका लागि शिक्षा अभियान थालिए जस्तै देशमा सकारात्मक कामको लागि अभियान थाल्न ढिलो गर्नुहुँदैन। स्वास्थ्य, शिक्षा र अन्य सामाजिक क्रियाकलापमा गरेको ढिलाइले धेरै पुस्तालाई असर गर्न सक्दछ। त्यसैले अब आफ्नो क्षेत्रबाट हुने कामलाई ढिलाइ नगरौं।

ममता पोखरेल, इमेलबाट

खबरदारी जरूरी

हिमाल (९ मंसीर) मा प्रकाशित 'पहिलो भोट' समाचार पठनीय लाग्यो। पहिलो पटक मतदान गरेका २१ लाख तन्नेरी मात्र होइन सबै मतदाताको चाहना देशको राजनीति सुधि्रयोस्, संविधान बनोस् भन्ने नै हो। तर दुर्भाग्य नेपाली जनताको चाहना कहिल्यै पूरा भएको छैन, नेताहरूको मात्र चाहना पूरा भएको इतिहास छ। त्यसैले जनताको चाहना संविधानसभा मार्फत संविधानलेखनको काम पूरा गर्न युवा खबरदारी जरूरी छ।

सुलोचना चौधरी, इमेलबाट

comments powered by Disqus

रमझम