२३ मंसिर २०७० | 8 December 2013

सफलताले ल्याएको चुनौती

Share:
  
- सेन्छेलुङ लिम्बू
इतिहास रच्दै पहिलो पटक टी–ट्वान्टी विश्वकपका लागि छनोट भएको नेपालले मिहिनेत र लगानी बढाउन सक्दा मात्र निरन्तर सफलता पाउनेछ।

तस्वीरहरुः आईसीसी
शरद भेषवाकर।
अबुधाबीस्थित शेख जायद रंगशालामा १२ मंसीरमा भएको हङकङ विरुद्धको खेल नेपाली क्रिकेटका लागि ऐतिहासिक बन्यो। हङकङलाई पाँच विकेटले पराजित गरेपछि नेपाल पहिलो पटक टी–ट्वान्टी विश्वकपमा पुग्न सफल बन्यो। सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालको सिनियर टोली अहिलेसम्म विश्वकपमा पुग्न सकेको थिएन।

राम्रो गर्ने चुनौती

अभूतपूर्व सफलताबाट हौसिएको नेपाललाई १६ मार्च–६ अप्रिल २०१४ मा बंगलादेशको ढाकामा हुने टी–ट्वान्टी विश्वकपमा राम्रो प्रदर्शन गर्ने चुनौती छ। सन् २०१२ मा आठौं वरियताभित्र परेका श्रीलङ्का, इङ्गल्याण्ड, साउथ अफ्रिका, न्यूजिल्याण्ड, भारत, पाकिस्तान र अष्ट्रेलिया सुपर टेनमा पुगिसकेका छन्। समूह चरणमा रहेका आयोजक बंगलादेश, नेपाल, जिम्बाबे, आयरल्याण्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स, हङकङ र नेदरल्याण्ड्समध्येको शीर्ष दुई टीम सुपर टेनका लागि छानिने छन्।

क्रिकेट प्रशिक्षक जगत टमटा सुपर टेनमा पुगिसकेका र छनोट चरण पार गरेर आएका टीमसँग प्रतिस्पर्धा गर्न नेपालले कडा मिहिनेत गर्नुपर्ने बताउँछन्। नेपालले ओपनिङ ब्याटिङ र मिडियम पेस बलिङमा मिहिनेत गर्नुपर्ने बताउँदै टमटा भन्छन्, “नेपाल अब छोटो अवधिको ब्याटिङ, बलिङ र फिल्डिङको विशिष्टकृत तालीममा केन्द्रित हुनुपर्छ।”

राष्ट्रिय टीमका पूर्व कप्तान विनोद दास विश्वकपमा नेपालले प्रभावशाली प्रदर्शन गर्न थप हौसला र प्रोत्साहन चाहिने बताउँछन्। सरकार, नेपाल क्रिकेट संघ (क्यान) र कर्पोरेट संस्थाहरूले सहयोग गरे भने खेलाडीले हौसला र प्रोत्साहन पाउने तथा बंगलादेशमा राम्रो प्रदर्शन गर्न सक्ने उनको भनाइ छ। दास भन्छन्, “खेलाडीले अहिले पाउनेभन्दा दोब्बर–तेब्बर रकम पाए भने राम्रो नतीजा दिनसक्ने छन्।”

क्यानका महासचिव अशोकनाथ प्याकुरेल चाहिं खेलाडीलाई जतिसुकै हौसला र प्रोत्साहन दिए पनि गत विश्वकप खेलेको केन्याबाहेक टेस्ट खेल्ने मुलुकहरूलाई चुनौती दिन कठिन हुने धारणा राख्छन्। विश्वकप अघि बंगलादेश, श्रीलंका, भारत जस्ता देशका टीमसँग प्रशस्त अभ्यास खेलेमा स्तर सुधार हुने उनको विचार छ।

सफलताको सिंढी

नेपालको प्रदर्शन युएईमा पुगेर मात्रै सुधि्रएको होइन। विश्वकपको ढोका खुल्नुमा खेलाडी र प्रशिक्षकको मिहिनेतमा क्यान र समर्थकको साथले भूमिका खेलेको छ। प्रशिक्षक टमटाको विचारमा खेलाडी र प्रशिक्षकमा विश्वकप खेल्ने इच्छा, आत्मविश्वास र धैर्य भएकाले यो सफलता हात लागेको हो। कप्तान पारस खड्का, शरद भेषवाकर, सुवास खकुरेल, विनोद भण्डारी, अविनाश कर्ण, जितेन्द्र मुखिया, वसन्त रेग्मी, सागर पुन लगायतका अब्बल खेलाडीको खेल क्षमताले यो सफलता पाएको उनको भनाइ छ।

जितेन्द्र मुखिया।
यो सफलता पाउनुमा प्रशिक्षकको क्षमता र मिहिनेत अर्को महत्वपूर्ण कारण रह्यो। नेपाललाई डिभिजन वानमा पुर्‍याउने लक्ष्य लिएर दुई वर्षअघि नेपालको प्रशिक्षक बनेका श्रीलंकाली पुबुदु बाथिया दासानायके उत्कृष्ट प्रशिक्षक ठहरिए। उनले राष्ट्रिय टीम सम्हालेपछि नेपाली क्रिकेटले निरन्तर सफलता पाउनुले उनको क्षमता देखाउँछ। डिभिजन फाइभमा रहेको नेपाल उनी आएपछि डिभिजन टुमा पुग्यो। जस्तो टीमलाई पनि जित्न सकिने आत्मविश्वास उनले खेलाडीमा भरे। प्रशिक्षक टमटा पनि दासानायकेलाई प्रशिक्षक बनाएकाले नेपाली क्रिकेटले यो सफलता पाएको मान्छन्। तर, यो सफलतामा पूर्व प्रशिक्षक रोय डायसले हालिदिएको जगको पनि महत्वपूर्ण भूमिका रहेको उनको विचार छ। डायसले आधुनिक प्रशिक्षण विधि र क्याम्प कल्चर भित्र्याउँदै नेपाली क्रिकेटको आधार तयार पारेका थिए।

विश्वकप छनोटका लागि चौध महीनादेखि निरन्तर प्रशिक्षणमा रहनु नेपाली टोलीले सफलता पाउनुको अर्को कारण हो। क्यानले विश्वकपलाई लक्षित गरेर साढे दुई लाख अमेरिकी डलरको

'हाइपर्फमेन्स प्रोग्राम' संचालन गरेको थियो। सो कार्यक्रम अन्तर्गत नेपाली टोलीले दशैं–तिहारको बीचमा पनि भारतका उत्कृष्ट खेलाडी सम्मिलित टोलीहरूसँग अभ्यास खेलहरू खेलेको थियो। ब्याटिङ र फाष्ट बलिङको विशेष क्याम्प संचालन भए। ती तालीम र खेलबाट खेलाडीले एक्स्पोजर पाए। जसले नेपाली खेलाडीलाई सफलता पाउन सजिलो बनायो। नेपालको कमजोर पक्ष ब्याटिङमा लगातारको अभ्यास र प्रशिक्षणका कारण सुधार आएको मानिएको छ। १ मंसीरमा केन्याले दिएको १८३ रनको लक्ष्यलाई पछ्याउन सक्नुले नेपाली टोलीको ब्याटिङमा सुधार आएको देखाउँछ।

सुवास खकुरेल।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको डेढ दशक पुग्न लागे पनि नेपाली राष्ट्रिय टीमले पछिल्ला दुई वर्षमा बढी सफलता पाएको छ। सन् २००८ मा डिभिजन फाइभको तेस्रो स्थानमा रहेर जर्सी भन्ने मुलुकबाट फर्किएको नेपाली टोली सन् २०१० मा नेपालमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको विजेता बनेको थियो। तर त्यही वर्ष इटलीमा डिभिजन फोर पार गर्न नसकेको नेपाल सन् २०१२ मा मलेसियामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरको विजेता बन्यो। सन् २०१३ मा बर्मुडामा भएको डिभिजन थ्रीको विजेता बन्दै नेपाल डिभिजन टुमा पुगेको छ।

तीन वर्षअघि काठमाडौंमा भएको आईसीसी विश्व क्रिकेट लीग डिभिजन फाइभ प्रतियोगिता पछि नेपालमा क्रिकेटको क्रेज बढेको ठान्छन्, प्रशिक्षक टमटा। त्यसपछि त्यो क्रेज बढी नै रहेको देखिन्छ। छिमेकी देशमा हुने क्रिकेटका ठूला प्रतियोगिताले पनि नेपालमा क्रिकेटको क्रेज बढाउन सहयोग पुर्‍याएको उनी बताउँछन्।

क्रिकेटको क्रेज बढेकाले पछिल्लो समयमा कर्पोरेट क्षेत्रले क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै क्रिकेट खेलाडीलाई सद्भावना दूत बनाउन थालेको छ। त्यसले क्रिकेटको विकास भएको मनोविज्ञान निर्माण गरेको छ। क्यानले दुई वर्षदेखि राष्ट्रिय खेलाडीलाई रु.५ हजार मासिक तलब दिइरहेको छ। खेलाडीलाई सशस्त्र प्रहरी बल, नेपाली सेनाले टीम बनाएर खेलाउन थालेका छन्। यी क्रियाकलापले खेलाडीलाई खेलमा केन्द्रित हुन सहयोग पुगेको र सकारात्मक नतीजा दिएको क्यानका महासचिव प्याकुरेल बताउँछन्।

प्रशिक्षक टमटाको विचारमा क्रिकेटको दीर्घकालीन विकास गर्न भौतिक पूर्वाधारमा सुधार गर्नुपर्ने हुन्छ। टमटा भन्छन्, “क्रिकेटको विकास गर्ने हो भने हरेक विकास क्षेत्रमा कम्तीमा एउटा क्रिकेट रंगशाला बनाउनैपर्छ।”


खेलाडीलाई दश लाख

विश्वकपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीलाई सरकारले रु.१० लाख पुरस्कार दिने भएको छ। युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठका अनुसार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गरेको त्यस्तो सिफारिशलाई मन्त्रालयले सदर गरेर मन्त्रिपरिषद्मा पठाउने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद्ले निर्णय गरेपछि राष्ट्रिय टीमका १५ खेलाडी र एक जना प्रशिक्षकले पुरस्कार पाउने छन्। मन्त्री श्रेष्ठले भने, “देशका लागि ऐतिहासिक उपलब्धि दिलाउने खेलाडीलाई सम्मान र सुविधा दिन सरकारले कुनै कसर बाँकी राख्ने छैन।”

पारस खड्का

क्याराष्ट्रिय टीम सफलताको सिंढी उक्लिरहेको वेला उमेर समूहमा भने निराशालाग्दो अवस्था देखिन्छ। सन् २००९ मा थाइल्याण्डमा आईसीसी अण्डर १७ एलिट कपको उपाधि जितेपछि नेपालले उमेर समूहमा सफलता पाएको छैन। तर, प्रशिक्षक टमटा तीन–चार वर्षसम्मलाई नयाँ खेलाडी नआए पनि अहिलेको राष्ट्रिय टीमले नै थेग्न सक्ने दाबी गर्छन्।

क्यानका महासचिव प्याकुरेल पनि नयाँ पुस्ताका खेलाडी उत्पादन गर्ने योजना भइरहेको दाबी गर्छन्। पूर्व कप्तान विनोद दासको विचारमा चाहिं राष्ट्रिय टीमको सफलतालाई कायम राख्न नयाँ खेलाडी खोज्न ढिला भइसकेको छ। दास भन्छन्, “घरेलु लिग खेलाउन सक्दा मात्र क्रिकेटमा भएको विकासले निरन्तरता पाउन सक्छ।”

स्रोतः नेपाल क्रिकेट संघ

नले पनि क्रिकेट खेलाडीको तलब दोब्बर बढाउने निर्णय गरेको छ। मासिक रु.५ हजार पाउँदै आएका खेलाडीको तलब अब मासिक रु.१० हजार हुने क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए। उनले क्यानले सबै खेलाडीलाई छुट्टै एक लाख रुपैयाँ पुरस्कार दिने जानकारी दिए। क्यानलेपारस खड्का। रु.१० लाखको खेलाडी कल्याणकारी कोषलाई रु.२० लाखको बनाउने निर्णय गरेको उनले बताए।


ब्याकअपको खाँचो

बसन्त रेग्मी।

राष्ट्रिय टीम सफलताको सिंढी उक्लिरहेको वेला उमेर समूहमा भने निराशालाग्दो अवस्था देखिन्छ। सन् २००९ मा थाइल्याण्डमा आईसीसी अण्डर १७ एलिट कपको उपाधि जितेपछि नेपालले उमेर समूहमा सफलता पाएको छैन। तर, प्रशिक्षक टमटा तीन–चार वर्षसम्मलाई नयाँ खेलाडी नआए पनि अहिलेको राष्ट्रिय टीमले नै थेग्न सक्ने दाबी गर्छन्।

क्यानका महासचिव प्याकुरेल पनि नयाँ पुस्ताका खेलाडी उत्पादन गर्ने योजना भइरहेको दाबी गर्छन्। पूर्व कप्तान विनोद दासको विचारमा चाहिं राष्ट्रिय टीमको सफलतालाई कायम राख्न नयाँ खेलाडी खोज्न ढिला भइसकेको छ। दास भन्छन्, “घरेलु लिग खेलाउन सक्दा मात्र क्रिकेटमा भएको विकासले निरन्तरता पाउन सक्छ।”

comments powered by Disqus

रमझम