२३ मंसिर २०७० | 8 December 2013

पुस्तक मेलाको रौनक

Share:
  

ऋषिराम कट्टेल

नेपालमा पाठक र पुस्तक बजार बढेको धमाधम आयोजना हुन थालेको पुस्तक मेलाहरूले देखाउँछ। पहिले आक्कलझुक्कल हुने पुस्तक मेला अहिले महीनैपिच्छेजसो हुन थालेका छन्। यसैक्रममा प्रदर्शनीमार्गस्थित सभागृहमा १३ मंसीरबाट १० दिने राष्ट्रिय पुस्तक मेला– २०७० शुरू भएको छ। नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघ आयोजक रहेको यो मेलामा ३० प्रकाशक सहभागी छन्। यो मेला प्रकाशक, पुस्तकप्रेमी र विद्यार्थीलाई मात्र नभई अनुसन्धानकर्ता र बौद्धिक वर्गलाई समेत उपयोगी हुने आयोजकको भनाइ छ।

comments powered by Disqus

रमझम