२३ मंसिर २०७० | 8 December 2013

मिस इन्टरकन्टिनेन्टलमा ओशिका

Share:
  

२९ मंसीरमा जर्मनीमा हुने मिस इन्टरकन्टिनेन्टल– २०१३ का लागि नेपाली सुन्दरी ओशिका न्यौपाने (२०) त्यसतर्फ उडेकी छन्। नयाँबानेश्वरकी ओशिकाले 'मिस इन्टरनेशनल नेपाल– २०१३' को शीर्ष उपाधि विजेता भएकीले 'मिस इन्टरकन्टिनेन्टल' को ४२औं संस्करणमा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी हुन्। मिस एन्जल–२०११ को उपाधि समेत जितेकी ओशिकाले 'मिस इन्टरकन्टिनेन्टल' मा ५८ मुलुकका सुन्दरीसँग प्रतिस्पर्धा गर्नेछिन्। ओशिकाले जर्मनी उड्नुअघि हिमाल सँग भनिन्, “त्यो अवसरलाई उत्कृष्ट किसिमले सदुपयोग गर्ने प्रयास गर्नेछु।”

comments powered by Disqus

रमझम